माघ ११ देखि २८ गतेसम्म नाटक मासिन्या मञ्चन हुँदै - Chaitanya News
  • 2026-05-25
  • 08:22:31
  • सोमबार,जेठ ११, २०८३
  • माघ ११ देखि २८ गतेसम्म नाटक मासिन्या मञ्चन हुँदै

    माघ ११ देखि २८ गतेसम्म नाटक मासिन्या मञ्चन हुँदै

    काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक मासिन्या मञ्चन हुने भएको छ।

    नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ। नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन्।

    नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाइ छ। उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौन्दर्य, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ। नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समूहको विश्वास छ।

    अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ।