बुटवल– नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित भएका छन्। बुटवलमा भएको अधिवेशनबाट खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व ३ वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको हो।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा डा।सन्दीप सुवेदी, उपाध्यक्षमा डा।वर्षा थापा, महासचिवमा डा।प्रकाश बस्नेत, कोषाध्यक्षमा डा.रमेश भट्टराई, सहसचिवमा डा।मोहनलाल तिवारी र सह कोषाध्यक्षमा डा।अमित चतुर्वेदी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिका संयोजक डा।श्रीधर आचार्यले बताए।
निर्वाचित सदस्यहरूमा डा. रमेश अर्याल, डा। सरोज थापा, डा।मनिष विश्वकर्मा, डा.राजेन्द्र बस्याल, डा.सदीक्षा चापागाईं र डा.आकाश शाही रहेका छन्।
संघको लुम्बिनी शाखामा ५०० चिकित्सक आबद्ध छन्। चिकित्सक संघमा देशभरका ३५ हजार आबद्ध रहेका छन्। डा.खरेल प्रजातन्त्रवादी चिकित्सक सङ्घ लुम्बिनीको पनि अध्यक्ष हुन्। चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने उनले बताए।