यस्तो छ आजको मौसम तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने - Chaitanya News
  • 2026-11-19
  • 18:41:15
  • बिहिबार,मंसिर ०४, २०८३
  • यस्तो छ आजको मौसम तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने

    यस्तो छ आजको मौसम तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने

    काठमाडौँ– हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू–भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

    आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    राती कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।