आजको मौुसम: तीन प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु - Chaitanya News
  • 2026-07-17
  • 12:59:47
  • शुक्रबार,साउन ०१, २०८३
  • आजको मौुसम: तीन प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु

    आजको मौुसम: तीन प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु

    काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू–भागहरूमा हुस्सु लागेको अवस्था छ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।