आजको मौसम: दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भू– भागमा हल्का हिमपातको सम्भावना - Chaitanya News
  • 2026-07-17
  • 13:00:18
  • शुक्रबार,साउन ०१, २०८३
  • आजको मौसम: दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भू– भागमा हल्का हिमपातको सम्भावना

    आजको मौसम: दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भू– भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    तराई भू–भागका केही स्थानहरूमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।