जाडोमा सुख्खा छालाको लागि रामवाण हो काँचो दुध - Chaitanya News
  • 2026-07-17
  • 11:52:55
  • शुक्रबार,साउन ०१, २०८३
  • जाडोमा सुख्खा छालाको लागि रामवाण हो काँचो दुध

    जाडोमा सुख्खा छालाको लागि रामवाण हो काँचो दुध

    एजेन्सी– जाडोमा छाला सुख्खा हुने तथा फुुट्ने समस्या एकदमै धेरै हुन्छ। यो समस्याबाट छुट्कारा पाउन हामीले धेरै उपाय अपनाउँछौं। तर, कुनै कुनै क्रिम झन हानिकारक हुन्छन्।

    तपाईंले घरमै भएको चीजबाट पनि सुख्खा छालाबाट छुट्कारा पाउन सक्नुहुन्छ। त्यसको लागि तपाईंले काँचो दुधको प्रयोग गर्नुपर्ने हुन्छ।

    काँचो दुध सुख्खा छालाको लागि जति प्रभावकारी हुन्छ त्यति कुनै क्रिम पनि हुँदैन। दुई तीन पटक काँचो दुध लगाउँदा नै राम्रो नतिजा पाउन सकिन्छ। काँचो दुधमा थोरै गुलाबजल मिसाएर पनि अनुहारमा लगाउन सक्नुहुन्छ।

    छाला रोग विशेषज्ञका भनाईअनुसार काँचो दुधमा भिटामिन ए, डी र ई भरपूर मात्रामा पाइन्छ। जसले छालालाई मुलायम बनाउनुका साथै मरेका कोषिका निकाल्ने काम पनि गर्छ।

    काँचो दुधमा प्राकृतिक फ्याट हुने गर्छ जसले छालालाई मुलायम बनाउँछ। यसमा ल्याक्टिक एसिड पनि हुन्छ जसले छालाको टेक्चरलाई सुधार्ने काम गर्छ।

    त्यस्तै काँचो दुधमा ओमेगा ३ फ्याटी एसिड हुन्छ जसले छालाको नमीलाई बनाइराख्छ र त्यसलाई पोषण पनि दिन्छ। यसलाई अनुहारमा लगाउँदा छाला मुलायम हुन्छ।

    तपाईंले काँचो दुधबाट मास्क बनाएर पनि लगाउन सक्नुहुन्छ। जसका लागि दुध र गुलाबजल मिसाउनुहोस् अनि अनुहारमा लगाएर राम्रोसँग मसाज गर्नुहोस्। केहीबेर राखेपछि यसलाई सफा पानीले धुनुहोस्।