भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन,परिसरमा वृक्षारोपण - Chaitanya News
  • 2026-05-25
  • 08:22:00
  • सोमबार,जेठ ११, २०८३
  • भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन,परिसरमा वृक्षारोपण

    भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन,परिसरमा वृक्षारोपण

    काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन्।

    आज (शुक्रबार) बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका हुन्। पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। उनलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए।

    उनले आजै त्रिवि पुस्तकालय तथा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    नेपाल(भारत संयुक्त आयोगको बैठकका लागि विदेशमन्त्री जयशंकर बिहीबार काठमाडौँ आएका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग हिजै भेटवार्ता गरेका थिए।