जाडोमा यसरी गर्नुहोस् घरमै बसेर व्यायाम - Chaitanya News
  • 2026-07-17
  • 11:52:14
  • शुक्रबार,साउन ०१, २०८३
  • जाडोमा यसरी गर्नुहोस् घरमै बसेर व्यायाम

    जाडोमा यसरी गर्नुहोस् घरमै बसेर व्यायाम

    काठमाडौं– जाडो मौसममा चिसोका कारण शरीर काम्दा शक्ति खेर जाने भएकाले खाना पनि धेरै रुच्छ। धेरै खानेकुरा खाँदा तौल बढ्छ। बढ्दो तौल कम गर्न सन्तुलित खानाका साथमा व्यायाम गर्न आवश्यक हुन्छ।

    व्यायामका लागि उपयुक्त मौसम जाडो नै हो। यद्यपि यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन्। यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जान उपर्युक्त नहुने चिकत्सकको सुझाब छ।

    उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स, साइक्लिङ, वेट ट्रेनिङ, स्किपिङ आदि गर्न सकिन्छ। अहिले धेरैले घरमै ट्रेडमिल, साइक्लिङ राख्न थालेका छन्। तालिम प्राप्त भए घरमै तथा नजानेको भए क्लबमा गएर व्यायाम गर्नुपर्छ।

    संगीतको तालमा डान्स पनि गर्न सकिन्छ। व्यायामका साथमा प्रोटिन, कार्बोहाइड्रेट, रिफाइन्ड चिल्लो, माछामासु, सागपात, ब्रोकाउली आदि खानेकुरा खानुपर्छ। यस्ता खानेकुरा २–३ घन्टाको फरकमा ठिक्क मात्रामा खानु उपयुक्त हुन्छ।

    चिया तथा जाँड–रक्सी कमै मात्रामा सेवन गर्नुपर्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। साँझको खाना छिटो खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। बेलुकी छिटो सुत्ने र बिहान छिटो उठ्ने बानी बसाल्नुपर्।