बिहानको खाजा दिनको पहिलो आहार हो। एउटा भनाइ नै छ, ‘बिहानको खाजा राजाको जस्तो खानुपर्छ’ अर्थात् पौष्टिक तत्वहरूले भरिपूर्ण खानुपर्छ।
दिनको सुरुवात गर्नको लागि, शरीरलाई ऊर्जा चाहिन्छ, जुन पौष्टिक स्वस्थ नास्ताबाट मात्र प्राप्त गर्न सकिन्छ। यद्यपि, मानिसहरू प्रायः दिनको सबैभन्दा महत्वपूर्ण आहारलाई वेवास्ता गर्छन्।
१२ घण्टाभन्दा बढीको अन्तरालपछि पहिलो खाना खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। बिहानको खाजा नखाँदा धेरै साइड इफेक्ट हुन सक्छन्। त्यसैले, बिहानको खाजा महत्वपूर्ण हुन्छ।
बिहानको खाजा नखाँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन्।
तौल बढ्ने:
जब तपाईँ लामो समयसम्म भोको बस्नुहुन्छ। शरीर उच्च क्यालोरी खानाको लागि इच्छुक हुन्छ। त्यसपछि, आफ्नो भोक कम गर्न मीठो र चिल्लो खाना खानुहुन्छ। यसले तौल बढाउने काम गर्छ।
प्रतिरक्षा प्रणाली कम हुन्छ:
बिहानको खाजामा शरीरको प्रतिरक्षा प्रणालीलाई जगाउन, ब्याक्टेरिया र भाइरससँग लड्न आवश्यक पोषक तत्त्वहरू हुन्छन्। बिहानको खाजा नखाँदा तपाईँको प्रतिरक्षा प्रणालीले राम्रोसँग काम गर्न सक्दैन, जसका कारण तपाईँ रोगको सिकार बन्नुहुनेछ।
मधुमेहको जोखिम:
बिहानको खाजा खानुहुन्न र लामो समयपछि खानुहुन्छ भने रगतमा चिनीको स्तर अचानक बढ्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्दछ। यस प्रक्रियामा, मानिसहरू टाइप २ मधुमेह विकासको उच्च जोखिममा हुन्छ।
पाचन प्रणालीमा असर:
हाम्रो शरीरलाई बिहान काम गर्न ऊर्जा चाहिन्छ। जब, तपाईँ दिनको पहिलो आहार छोड्नुहुन्छ, यसले पाचन प्रक्रियालाई बाधा पुर्याउँछ र प्रक्रियालाई सुस्त बनाउँछ। –एजेन्सीको सहयोगमा