यी हुन् बिहान छिटो उठ्ने पाँच तरिका - Chaitanya News
  • 2026-07-17
  • 11:52:54
  • शुक्रबार,साउन ०१, २०८३
  • यी हुन् बिहान छिटो उठ्ने पाँच तरिका

    यी हुन् बिहान छिटो उठ्ने पाँच तरिका

    काठमाडौं– व्यस्त जीवनशैलीको कारण महिलाहरु प्राय बिहान देखि बेलुकासम्म ब्यस्त हुन्छिन्। घर र अफिसको काम व्यवस्थापन गर्न निकै चुनौतीको काम हो। यस्तो अवस्थामा महिलाहरु ढिलो सुत्छन्। ढिलो सुत्नाले बिहान चाँडै उठ्न गाह्रो हुन्छ। ढिलो उठ्नाले शरिरको सिस्टम नै बिग्रन्छ। दिनभरीको कामको योजनमा पनि असर गर्छ। ढिलो उठ्दा ढिलोदेखि काम सुरु हुन्छ र ढिलै सकिन्छ। दिनभर आलस्य हुने, अल्छी लाग्ने, काम गर्न मन नाग्ने हुन्छ।

    ढिलोसम्म उठ्ने महिलाहरुमा समयको कमीले नास्ता गर्न पाउँदिनन्। जसले गर्दा स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ। समयमै व्यायाम गर्ने, नास्ता गर्ने र सहि समयमा अफिस पुग्नाले तनावबाट पनि बच्न सकिन्छ। यसको लागि महिलाहरुले केहि सजिलो टिप्स अपनाउन सकिन्छ। जसले गर्दा बिहान चाँडै उठ्न सकिन्छ।

    १. मनतातो पानी पिउने
    प्रायजसो महिला बिहानको निन्द्रा भगाउनको लागि चिया पिउने गर्छन्। खाली पेटमा चिया पिउँदा एसिडिटीको समस्याले सताउन सक्छ। यस्तोमा निन्द्रा भगाउनको लागि मनतातो पानी पिउनु उपयुक्त हुन्छ। खाली पेटमा मनतातो पानी पिउँदा शरिरको कार्यसम्पादन सुरु हुन्छ। कब्जियतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। साथै शरिर डिटक्स पनि हुन्छ। पानीमा कागती र मह मिसाएर पिएमा झन फाइदा हुन्छ।

    २. वाकमा निस्कनुहोस्
    धेरैजसो महिला बिहान उठ्ने वित्तिकै काममा लागिहाल्छन्। उनीहरु निन्द्रा नपुगेको महसुस गरिरहन्छन्। यदि उठेपछि फ्रेस भएर बाहिर ताजा हावा खानको लागि निस्कदा निन्द्रा त टुट्छ साथै ताजा अक्सिजन लिनाले एनर्जेटिक महसुस हुन्छ।

    ३. राती हल्का खाना खाने
    राती हेभी खाना लिनुहन्छ भने आजैबाट यो बानी त्याग्नुहोस्। राती हरियो सब्जी, दाल रोटी, सलाद खिचडी आदि खाँदा पेट हल्का हुनुको साथै बिहान उठ्ने बित्तिकै सुस्त महसुस हुँदैन्।

    ४. अलार्मलाई बेडबाट टाढा राख्नुहोस्
    मोबाइलमा अलार्म लगाएर सुत्दा मोबाइल आफुसँगै राखेर सुतिन्छ। यसले हानी गर्छ। एउटा मोबाइल छेउमा राख्दा रिल्याक्स भएर सुत्न सकिदैन्। साथै बिहान अलार्म बन्द गरेर फेरी सुत्न सकिन्छ। यसकारण अलार्म राखेर बेडबाट टाढा राख्नुपर्छ जसले गर्दा अलार्म बज्दा बन्द गरेर फेरि सुतिदैन्। अलार्म बन्द गर्न बेडबाट उठेर जाँदा निन्द्रा भागिसक्छ।

    ५. ग्याजेटसँग नसुत्नुहोस्
    धेरैजसो महिलाहरु राती मोबाइल वा ल्यापटप राखेर सुत्दा तपाईको ध्यान मोबाइलको नोटिफिकेसन र म्यासेज बक्समा गइरहन्छ। ग्याजेट्सको हेर्दै सुतिन्छ। यसको नतिजा राम्रोसँग निदाउन असमर्थ भइन्छ। साउन्ड स्लिपको लागि राती शान्तीसँग सुत्नु जरुरी हुन्छ। ग्याजेट बन्द सुतेमा राम्रो निन्द्रा आउने सम्भावना बढी हुन्छ।