आजको मौसम: उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपात, तराईमा हुस्सु - Chaitanya News
  • 2026-11-19
  • 17:18:38
  • बिहिबार,मंसिर ०४, २०८३
  • आजको मौसम: उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपात, तराईमा हुस्सु

    आजको मौसम: उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपात, तराईमा हुस्सु

    काठमाडौँ– हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।