जाडो महिनामा किन बढी प्रयोग हुन्छ जाइफल? यस्ता छन् जाइफलका फाइदा - Chaitanya News
  • 2026-05-05
  • 14:50:31
  • मंगलबार,बैशाख २२, २०८३
  • जाडो महिनामा किन बढी प्रयोग हुन्छ जाइफल? यस्ता छन् जाइफलका फाइदा

    जाडो महिनामा किन बढी प्रयोग हुन्छ जाइफल? यस्ता छन् जाइफलका फाइदा

    काठमाडौं– जाइफल बहुउपयोगी चीज होे। यसको प्रयोग बढीमात्रामा भान्सामा मसलाको रुपमा हुन्छ भने आयुर्वेदिक औषधीका रुपमा पनि यसको प्रयोग गर्ने गरिन्छ। जाइफलको रुख हुन्छ।

    यसको रुख स्याउको रुख जस्तै देखिन्छ भने रुख सदाबहार हरियो हुन्छ। त्यो रुखमा फुल फुलेपछि फल लाग्छ जुन फललाई हामी जाइफल भन्छौ। जाइफलको रुखमा जाइफल गोलो, अण्डाकार डेढइन्च देखि दुइ इन्चसम्मको फल्दछ।

    झट्ट हेर्दा जाइफल सुपारी जस्तो देखिन्छ। जाइफल बासनादार हुन्छ। जाइफलको फाइदा र बेफाइदा पनि छन्। जाडो महिनामा त यसको प्रयोग झन धेरै हुने गर्छ। जाइफलको तेल पनि बनाउने गरिन्छ।

    जाइफलका फाइदा:

    १– जाइफलले शरीरमा ताप उत्पन्न गर्ने भएकाले भान्सामा तरकारी पकाउँदा जाडो मौसममा मसलाको रुपमा यसलाई प्रयोग गरिन्छ। जसले शरीरमा चिसो लाग्नबाट जोगाउँछ।

    २– यसले पाचन प्रणालीलाई स्वस्थ राख्दछ।

    ३– जाइफलले मुखको छालासम्बन्धि समस्यालाई निको पार्छ। जाइफलको रस पानीमा मिसाएर कुल्ला गर्दा यसले मुखको छालामा निस्कने समस्यालाई हटाउँछ।

    ४– जाइफललाई पिनेर महसँग मिसाएर अनुहारमा लगाउँदा अनुहारको दाग र चाँया हटाएर यसले अनुहारलाई चम्किलो बनाउँछ।

    ५– जाइफलको तेलले शरीरलाई मालिस गर्दा छालासम्बन्धि रोगहरु बाट छुट्करा पाउन सकिन्छ। त्यसका साथै हाडजोर्नी र नसासम्बन्धि रोगहरुका लागी पनि यो निकै फाइदाजनक छ।

    ६– जाइफलको तेललाई कपासमा भिजाएर दुखेको दातँमा राख्दा यसले दाँत दुख्ने समस्याबाट राहत दिल्छ। जाइफलको प्रयोगले विभिन्न रोगहरु ठिक पार्छ।

    ७– हरियो जाइफलको बोक्राकालाई पिनेर त्यसको १ –२ थोपा रसलाई नाकमा हाल्दा माइग्रेनको टाउको दुखाईबाट आराम मिल्छ।जाइफलको तेललाई तताएर एक दुई थोपा कानमा हाल्दा यसले कान दुख्ने सुनिने रोगलाई निको पार्छ। त्यस्तै यसको तेलले बच्चालाई मालिस गर्दा निकै राम्रो हुन्छ।

    ८– निद्रा नलागेमा जाइफललाई घोटेर घ्यु मा मिसाएर परेलामा लगाउँनाले निद्रा छिटै लाग्ने गर्दछ। थोरै जाइफल पिनेर तातो घ्यूमा हालेर भातसँग खाँदा शरीर भित्रको चिसो हट्छ।

    जाइफलका बेफाइदाहरु:

    १– गर्भावस्थामा गर्भवती महिलाले जाइफलको प्रगोग गर्नु हानिकारक हुन्छ।

    २– जाइफललाई अत्याधिक रुपमा प्रयोग गर्दा पेट दुख्ने,रिगंटा लाग्ने समस्याहरु देखा पर्दछ।

    ३– जाइफलको सेवन धेरै मात्रामा गर्दा कलेजो सम्बन्धि समस्याहरु पनि देखा पर्दछ।

    ४– जाइफलले शरीरमा ताप उत्पन्न गर्ने हुँदा गर्मीको समयमा जाइफलको प्रयोग धेरै गर्नु हुँदैन।

    जाइफल बहुउपयोगी भएपनि यसको प्रयोग जथाभावी गर्नुहुँदै । नजानेका कुरा विज्ञ वा चिकित्सकसँग सल्लाह गरेर प्रयोग गर्नुपर्छ।