वैदेशिक लगानी र प्रविधि हस्तान्तरण : उपसचिव तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-06-07
  • 10:26:12
  • आइतबार,जेठ २४, २०८३
  • वैदेशिक लगानी र प्रविधि हस्तान्तरण : उपसचिव तोमनाथ उप्रेती

    वैदेशिक लगानी र प्रविधि हस्तान्तरण :  उपसचिव तोमनाथ उप्रेती

    वैदेशिक लगानीले विदेशी लगानीकर्ताले सेयरमा गरेको लगानी, लगानीबाट प्राप्त आयको पुनर्लगानी तथा ऋण वा ऋण सुविधाका रूपमा गरेको लगानीलाई जनाउँछ । विदेशी लगानीकर्ताले प्रत्यक्ष वा पोर्टफोलियोमार्फत लगानी गर्ने कार्य नै वैदेशिक लगानी हो । यो एक देशले अर्को देशको पूँजी, प्रविधि र अन्य क्षेत्रमा गर्ने लगानी हा ।

    िवकासमा वैदेशिक लगानीको भूमिका:

    • बचत र लगानीको आवश्यकताबीचको अन्तर पूरा गर्न,
    • राज्यको औद्योगिकीकरणमा टेवा पु¥याउन,
    • वैदेशिक व्यापारलाई प्रवद्र्धन गर्न,
    • विदेशी पूँजी, सीप र प्रविधिलाई आन्तरीकरण गर्न,
    • व्यवस्थापकीय र प्राविधिक कौशल भिœयाउन,
    • देशको आन्तरिक मागलाई पूरा गर्न,
    • लगानीको उचित वातावरण बनाउन,
    • अन्तरदेशीय सम्बन्धलाई बलियो बनाउन,
    • विकासको पूर्वाधारलाई दरिलो बनाउन,
    • उत्पादन र उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सुदृढ गर्न,
    • आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रवद्र्धन गर्न,
    • राष्ट्रको विकासलाई गतिशील र अग्रगामी तुल्याउन,
    • छरिएर रहेका स्रोत–साधनको समुचित परिचालन गर्न,
    • ठूल्ठूला विकासका आयोजनामा लगानी गर्न ।

    बाह्य लगानीका लागि नेपालको सकारात्मक पक्षहरू:

    नेपाल निम्न कारणले गर्दा लगानीको उपयुक्त स्थलका रूपमा रहेको छ :

    संविधानसभामार्फत भर्खरै नयाँ संविधान जारी भई लामो समयको संक्रमणकाल करिब–करिब अन्त्य भएकाले गर्दा अब देशले स्थिरता पाउने र आर्थिक विकासमा फड्को मार्ने प्रवल संभावना मात्र होइन अवसर नै छ । लगानीकर्ताहरूका लागि यो एक सुवर्ण मौका हो।

    • बाह्य लगानीका लागि संवैधानिक तथा कानूनी प्रत्याभूति छ।
    • नयाँ वैदेशिक लगानी नीतिका कारण उदार नीति वातावरण बनेको छ।
    • कर तथा महसुल छुट र प्रशासनिक प्रोत्साहनको सुविधा उपलब्ध छ।
    • नेपालमा उपलब्ध सस्तो श्रम अर्को सकारात्मक पक्ष हो।
    • संसारका दुई उदीयमान ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेको रणनीतिक अवस्थितिले उत्पादित वस्तु तथा सेवाको बजार उपलब्ध छ।
    • दुवै ठूला छिमेकी अर्थतन्त्रसँग सहकार्य गरी पारस्परिक लाभ विस्तार गर्न सकिने स्थिति पनि विद्यमान छ।
    • प्रचुर प्राकृतिक साधनस्रोत युक्त मुलुक हुनाका साथै साधन स्रोतको उपयोग न्यून मात्र भएको छ। नेपालका थुप्रै प्राकृतिक सम्पदाहरू
    • उपयोग नभई करिब भर्जिन नै रहेकाले उपयोग र लाभको प्रशस्त सम्भावना छ।
    • बजारको खाँचो छैन भने औद्योगीकरणको सम्भावना त्यत्तिकै छ।
    • औद्योगिक सुरक्षाका लागि छुट्टै सुरक्षा बलको व्यवस्था भएको छ।
    • अहिले राजनीतिक एजेण्डा र विकासलाई सँगै लैजानुपर्छ भन्ने विषय राजनीतिक दलहरूको छलफलको विषय बनेको छ।
    • श्रम सम्बन्धमा सुधार आउने क्रम बढेको छ।

    वर्तमान पन्ध्रौँ योजना २०७६–२०८१ मा वैदेशिक लगानी कार्यक्रम

    सोच:

    वैदेशिक लगानी परिचालन मार्फत प्रतिस्पर्धी ए्वम गतिशील राष्ट्रिय अर्थतन्त्र निर्माण,

    लक्ष्य:

    वैदेशिक लगानीको आकर्षण र अभिवृद्धि गरी उत्पादन, उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने,

    उद्देश्य:
    १. नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानीलाई उच्च र दिगो विकास गर्नु,
    २. वैदेशिक लगानीको माध्यमबाट पूँजी, प्रविधि, प्राविधिक सीप तथा व्यवस्थापकीय कौशल भिœयाउनु,
    ३. उपभोक्ता नआएमा प्राकृतिक स्रोतको उपयोग र पूर्वाधार विकास गर्नु ।

    रणनीति:
    १. प्रत्यक्ष वैदेशिक लगानी आर्षिक गर्न आवश्यक कानूनी संरचनागत र प्रक्रियागत सुधार र सरलीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने,
    २. तुलनात्मक लाभ, उत्पादनमूलक तथा रोजगारमूलक क्षेत्रमा लगानी आकर्षित गर्ने,

    ३. स्थानीय स्रोतसाधन र सीपको उपयोग तथा प्रादेशिक सन्तुलन कायम हुने गरी प्रथामिकताका क्षेत्रमा वैदेशिक लगानी परिचालन गर्ने,

    ४. वैदेशिक लगानी परिचालनका लागि आर्थिक कूटनीतिलाई उपयोग गर्ने,

    ५. लगानीको प्रवेश, अनुमति, सञ्चालन बहिर्गमन सम्मका सेवा र सुविधा सरल र सहज तरिकाले एकै स्थानबाट उपलब्ध गराउने ।

    चुनौती तथा अवसर :

    चुनौती व्यवसाय सञ्चालन तथा पारवहन लागतमा कटौती गर्नु, विद्युत्को नियमित आपूर्ति तथा औद्योगिक पूर्वाधारको सहज, भरपर्दो र पर्याप्त व्यवस्था गर्नु, वैदेशिक लगानीमा न्यूनतम राष्ट्रिय सहमति विकास गर्नु, युवा पलायनलाई निरुत्साहित गर्दै अद्र्ध दक्ष तथा दक्ष जनशक्तिको पर्याप्तता सुनिश्चित गर्नु र श्रमनीति तथा कानूनलाई बढी लचिलो र लगानीमैत्री बनाउनु प्रमुख चुनौतीका रूपमा रहेका छन् । अवसर नयाँ संविधानको कार्यान्वयन सुरु भएपछि बन्दै गएको लगानीको वातावरण, प्राकृतिक सम्पदाको प्रचुरता एवम् जैविक तथा सांस्कृतिक विविधता, तुलनात्मक रूपमा न्यून ज्यालादर, नेपाली समुदायको विदेशमा बढ्दो उपस्थिति र उनीहरूको सीप, क्षमता र अनुभवको अधिकतम परिचालन गर्नसक्ने सम्भावना, वैदेशिक लगानी, व्यापार तथा विकास सहकार्यसम्बन्धी बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय सम्झौताहरूबाट अन्तर्राष्ट्रिय बजार प्रवेशमा पाउने सहजता र छिमेकी मुलुकहरूमा भएको उच्च आर्थक वृद्धि एवम् बढ्दो मध्यमवर्गीय जनसंख्याबाट व्यापार र लगानीका क्षेत्रमा फाइदा लिन सकिनेजस्ता अवसर रहेका छन्।

    निष्कर्ष:
    बचत र लगानीको आवश्यकताबीचको अन्तर पूरा गर्न, आधुनिक प्रविधि, व्यवस्थापकीय तथा प्राविधिक कौशल भिœयाई उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, देशमा नै उत्पादन गर्न सकिने तर हाल आयात भइरहेका वस्तु तथा सेवा उत्पादन गरी आन्तरिक माग पूर्ति गर्न तथा निर्यात विस्तार गर्न वैदेशिक लगानीको महŒवपूर्ण भूमिका हुन्छ । हालसम्म मुलुकले आर्थिक विकासमा यसको यथेष्ठ रूपमा उपयोग गर्न नसके पनि आगामी दिनमा उद्योग, सेवा र पर्यटनका क्षेत्रमा प्रसस्त लगानी बढाउन सक्ने देखिन्छ ।वैदेशिक लगानीले पूँजी, प्रविधि र क्षमताको विकासमार्फत देशको अर्थतन्त्रलाई सुदृढ, समृद्ध तथा चलायमान बनाउन विशेष भूमिका खेल्ने हुँदा यसको समुचित परिचालन गरी जनअपेक्षाअनुरूप समृद्ध राज्य निर्माण गर्नुपर्छ । सामाजिक आर्थिक रूपान्तरण, गरिबी न्यूनीकरण र मुलुकको समृद्धिका लागि वैदेशिक लगानीका महŒवपूर्ण भूमिका रहने कुरामा कसैको दुईमत हुन सक्दैन ।

    प्रविधि हस्तान्तरण:
    ज्ञान, सीप, कार्यसम्पादन विधिको व्यवस्थित र वैज्ञानिक उपयोग नै प्रविधि हो। मानिसको चेतना, अवधारणा, चाख, लगाव, र खोजबाट प्रविधिको विकास हुन्छ। आवश्यकता र अग्रसरताले प्रविधिको विकास र विस्तार हुन्छ। यो निरन्तर प्रक्रिया हो। एउटा प्रविधिको विकासले अर्को प्रविधिको विकास गर्न सहजीकरण गर्दछ । विकसित प्रविधि सदैव परिमार्जनका क्रममा रहन्छ। प्रविधिको विकासले उत्पादन प्रणालीमा अभूतपूर्व सुधार सम्भव बनाएको छ।

    विश्वव्यापीकरण र आर्थिक उदारीकरणको लहरसँगै विश्वको प्रविधिलाई निर्बाध रूपमा एक स्थानबाट अर्को स्थान, एक देशबाट अर्को देश, एक विश्वविद्यालयबाट अर्को विश्वविद्यालय तथा एक संस्थाबाट अर्को संस्थामा पु¥याएको छ। जसले विश्वमा भएका नवीन प्रविधि आविष्कारको फाइदा सबै मुलुकले उठाउन पाएका छन्।

    प्रविधिको एक स्थानबाट अर्को स्थान लैजाने प्रक्रिया प्रविधि हस्तान्तरण हो। ज्ञान, सीप, विचार, उत्पादन प्रविधि तथा उपयोग विधिजस्ता कुरालाई एक स्थानबाट अर्को स्थान, एक प्रतिष्ठानबाट अर्को प्रतिष्ठान र एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पु¥याई विकास प्रक्रियालाई सरल, सहज, कार्यकुशल र प्रभावकारी बनाउने प्रक्रिया नै प्रविधि हस्तान्तरण हो।

    प्राविधिक ज्ञान, सीप, दक्षता, पद्धतिलाई एक देशबाट अर्को देशमा, एक सरकारबाट अर्को सरकारसम्म, एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा हस्तान्तरण गर्ने प्रक्रिया प्रविधि हस्तान्तरण हो। प्रविधि हस्तान्तरणले विश्वको एक स्थानमा भएको प्राविधिक विकास र विस्तारलाई उपयोग र प्रवर्द्धन गर्न अर्को स्थानमा उत्पादन प्रणाली, व्यवस्थापकीय प्रणाली, सेवा प्रवाह प्रणालीको हस्तान्तरण गर्दछ। वैदेशिक लगानीका सन्दर्भमा प्रविधि हस्तान्तरणलाई निकै महत्त्व दिइन्छ। यस सन्दर्भमा प्रविधि हस्तान्तरण भन्नाले स्थानीय उद्योग प्रतिष्ठानले,

    १. विदेशी लगानीकर्तासँग कुनै प्रविधि, विशेषज्ञता, सूत्र, विधि, पेटेन्ट, प्राविधिक जानकारीको लागि प्रयोग गर्ने अधिकार ,
    २. विदेशमा स्वामित्व भएको कुनै ट्रेडमार्कको प्रयोग अधिकार र
    ३. वैदेशिक परामर्श, प्रविधि, तथा व्यवस्थापन र बजारीकरण सेवाको प्राप्तिका लागि गरिने सम्झौता लिने गरिन्छ ।

    • प्रविधि हस्तान्तरणको प्रवाह
    • एक मुलुकबाट अर्को मुलुकमा,
    • एक व्यावसायिक संस्थाबाट अर्को व्यावसायिक संस्थामा,
    • एक क्षेत्रबाट अर्को क्षेत्रमा
    • विकसितबाट अल्पविकसित।

    प्रविधि हस्तान्तरणमा पर्ने विषय:

    • वकसित प्रविधिको फर्मुला, प्रक्रिया, पेटेन्ट वा प्राविधिक ज्ञानको उपयोग,
    • विदेशी टेड्रमार्कको उपयोग,
    • कानुनी सम्झौता,
    • वैदेशिक प्राविधिक, सल्लाहकार, व्यवस्थापन एवं बजार सेवा।

    प्रविधि हस्तान्तरणको उद्देश्य:

    • विश्वमा उत्पादित प्रविधिको विकास, विस्तार, उपयोग र प्रवर्द्धन गर्नु,
    • उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु,
    • नवीन खोज र आविष्कारलाई मानवीय हितमा अधिकतम उपयोग गर्नु,
    • विश्व व्यापारलाई गतिशील बनाउनु,
    • ज्ञानमा आधारित समाज र ज्ञानयुक्त उद्यम व्यवसायको स्थापना गर्नु,
    • रोजगारीका अवसरहरूको सिर्जना गर्नु,
    • प्राविधिक ज्ञानलाई विश्वभर फैलाउनु,
    • न्यून लागत र अधिक प्रतिफलमा वस्तु तथा सेवा उत्पादन र बिक्री गर्नु,
    • प्रविधिको व्यवसायीकरण गर्नु,
    • वातावरण संरक्षण, विपद् व्यवस्थापन गर्नु ।

    प्रविधि हस्तान्तरणको महत्व÷फाईदा÷आवश्यकता÷औचित्य:

    • अन्तर्राष्ट्रिय प्रविधिको उपयोग, विस्तार र प्रवर्द्धन,
    • उत्पादन प्रक्रियालाई मितव्ययी, गुणस्तरीय र सरल बनाउन,
    • आर्थिक वृद्धिलाई बढोत्तरी गर्दै गरिबी घटाउन,
    • निजी क्षेत्रको विकास गर्न,
    • अर्थ व्यवस्थालाई सबल, सुदृढ, गतिशील एवं प्रतिस्पर्धात्मक बनाई आत्मनिर्भरता तर्फ उन्मुख हुन,
    • औद्योगिकीकरणको प्रक्रियालाई गतिशील बनाउन,
    • पुँजी तथा प्राकृतिक एवं मानवीय साधनको अधिकतम परिचालन गर्न
    • सेवा प्रवाहलाई भरपर्दो, सरल, सहज र छिटो बनाउन,
    • प्रविधिमा आधारित समाजको स्थापना गर्न,
    • विकास प्रक्रियालाई प्रभावकारी बनाउन,
    • कृषि, पर्यटन, खनिज, जडीबुटीका सम्भावनाहरूको बृहत् उपयोग गर्न ।

    िनष्कर्ष:
    प्रविधि हस्तान्तरण विश्वव्यपिकरण र उदारिकरणको अवधारणासँगै आएको अवधारणा हो। यसवाट विकसित देशमा आर्जन गरिएको ज्ञान,सिप,प्रविधि विकासोन्मुख तथा तेस्रो विश्वमा हस्तान्तरण गरी अन्तर्राष्ट्रिय प्रविधिको उपयोग, विस्तार र प्रवर्द्धन गरिन्छ ।जसवाट उत्पादन प्रक्रियालाई मितव्ययी, गुणस्तरीय र सरल बनाउन,आर्थिक वृद्धिलाई बढोत्तरी गर्दै गरिबी घटाउन, निजी क्षेत्रको विकास गर्न, अर्थ व्यवस्थालाई सबल, सुदृढ, गतिशील एवं प्रतिस्पर्धात्मक बनाई आत्मनिर्भरता तर्फ उन्मुख हुन, औद्योगिकीकरणको प्रक्रियालाई गतिशील बनाउन मदत पुग्दछ।

    (उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)