फ्रिजमा राख्दा विषाक्त बन्छन् यी चार खानेकुराहरु - Chaitanya News
  • 2026-05-05
  • 15:52:03
  • मंगलबार,बैशाख २२, २०८३
  • फ्रिजमा राख्दा विषाक्त बन्छन् यी चार खानेकुराहरु

    फ्रिजमा राख्दा विषाक्त बन्छन् यी चार खानेकुराहरु

    काठमाडौं– सामान्यतयाः खानेकुरा बिग्रनबाट बचाउनका लागि फ्रिजको प्रयोग गरिन्छ। त्यसैले पनि प्रायः सबै मानिस खानेकुराहरु फ्रिजमा नै राख्न खोज्छौँ।

    यद्यपि, त्यस्ता केहि खानेकुराहरु पनि छन्, जसलाई फ्रिजमा राख्नु खतरनाक हुन्छ। केहि खानेकुुरालाई फ्रिजमा राख्दा तिनीहरुमा विषाक्त टक्सिन उत्पन्न हुन थाल्छ। उक्त विषाक्त पदार्थ अत्यन्त खतरनाक हुन्छ र शरीरलाई यतिसम्म नोक्सान पुर्याउँछ, शरीर भित्र क्यान्सरको सेल्स नै बन्न थाल्छ।

    विशेषज्ञले ती चार खानेकुरालाई फ्रिजमा राख्न नहुने बताएका छन्। यी चार खानेकुरा प्रायः घरहरुमा फ्रिजको चिसो तापक्रममा राखिन्छ।

    के हुन त ती चार खानेकुरा, जसलाई फ्रिजमा राख्दा विषाक्त पदार्थ बन्छ।

    लहसुन:
    कहिले पनि छोडाएको लहसुन किन्नु पनि हुँदैन र त्यसलाई फ्रिजमा राख्नु त झन् बढी खतरनाक हुन्छ। सधैँ नछोडाएको लहसुन किन्नु पर्छ र आवश्यक पर्दा मात्र त्यसलाई छोडाउनु पर्छ। लहसुनलाई सधैँ सामान्य तापक्रममा राख्नु आवश्यक छ।

    प्याज:
    प्याज कम तापक्रमविरुद्ध रेजिस्टेन्ट हुन्छ, तर यसलाई फ्रिजमा राख्नाले यसको स्टार्च सुगरमा परिवर्तन हुन्छ र सजिलै ढुसि लाग्न थाल्छ। धेरै मानिस आधा काटेको प्याज पनि फ्रिजमा राख्छन्, यसो गर्दा वातावरणमा समावेश समस्त अस्वस्थ्यकर ब्याक्टेरिया काटेको प्याज भित्र जान्छन्। प्याजलाई प्लास्टिकको झोलामा अथवा आलसंग पनि राख्नु हुँदैन।

    अदुवा:
    अदुवालाई पनि फ्रिजमा राख्नु हुँदैन। अदुवा फ्रिजमा राख्नाले त्यसमा ढुसी लाग्न थाल्छ। ढुसी लागेको अदुवाको सेवनले किड्नी र लिभर फेलियर हुने खतरा बढी हुन्छ। त्यसैले अदुवालाई सधैँ सफा र सामान्य तापक्रममा राख्नु आवश्यक छ।

    भात:
    प्रायः सबैले बाँकि रहेको भातलाई फ्रिजमा राख्छन्। भातमा तिव्रताका साथ ढुसी लाग्छ। तर यदि भातलाई फ्रिजमा राख्नै परेमा भातलाई फ्रिजमा २४ घण्टा भन्दा बढी समय राख्नु हुँदैन।