मौसम परिवर्तनको बेला छ ज्वरो आएमा के गर्ने? - Chaitanya News
  • 2026-05-05
  • 15:52:41
  • मंगलबार,बैशाख २२, २०८३
  • मौसम परिवर्तनको बेला छ ज्वरो आएमा के गर्ने?

    मौसम परिवर्तनको बेला छ ज्वरो आएमा के गर्ने?

    नेपालमा सामान्य मौसमी रूघा खोकी र ज्वरोले दुई पटक सताउँछ। पहिलो जाडो मौसम बाहिरे समय अर्थात फागुन चैत महिनातिर। र दोश्रो, जाडो भित्रिने समय अर्थात असोज(कत्तिक महिनातिर। यसतो बेलामा शरीरमा हुने तापक्रमको सन्तुलन बिग्रेर रूघाखोकी र ज्वरो आउन सक्छ।

    चिकित्सकहरूले मौसमी रूघखोकीलाई सामान्य समस्या मानेका छन्। तर कोरोना भाइरसको विश्व महामारीका कारण भोभिड १९ र रूघाखोकीको लक्षण मिल्दोजुल्दो हुनाले आम मानसमा यतिबेला भय र त्रस झन बढेको पाइन्छ। मौसमी रूघा, खोकी र ज्वरो आएकै कारणले देशका विभिन्न प्रयोगशाला र परीक्षण केन्द्रहरूमा पिसिआर टेस्टको माग पनि ह्वात्तै बढेको छ । तर नेपाल सरकार र स्वास्थ्य क्षेत्रमा कामगर्ने विज्ञहरूले मौसमी फ्लुका कारण रूघाखोकी र ज्वरो आएको खण्डा केही दिन घरैमा बसी आराम गर्न र घरेलु बिधीद्वारा उपचार गर्न सुझाव दिएका छन्।

    यद्धपि, साधारण रूघाखोकीमा हेल्चेक्राँइ गरेमा वा उपचार नगरेमा त्यसबाट न्युमोनिया हुने संभावना रहन्छ। यस्तो बेलामा स्वस्थ, सन्तुलित र पोषिलो खाना खानुपर्दछ।

    कस्ता खाना खाने?

    सामान्यतया कोरोना संक्रमितले खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानुपर्दछ। प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैशरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खान आवश्यक छ।

    टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर)युक्त खानाहरु नियमित खानुपर्ने विज्ञहरुले सुझाएका छन्।
    दैनिक रुपमा दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा आदिको सेवन उपर्युक्त हुन्छ। यस्तो बेलामा दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाँदा फाइदा गर्छ।

    कुन लक्षण भएकाले कस्ता खानेकुरा खाने?

    १– ज्वरो आएमा
    ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ।
    आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ। बिरामीले प्रयाप्त खाना नखाएर भिटामिन ए, सि, बि, डि, ई, जिंक, आइरन, फोलेट, फाइबर खानाबाट आवश्यक मात्रामा प्राप्त गर्न नसके चिकित्सक वा डाइटिसियनको सिफारिस अनुसार खाना खानुपर्छ।

    २– खोकी लागेमा
    मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउनु पर्दछ।

    ३ै– शरीर दुखेमा वा थकाई लागेमा
    खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा खानुपर्छ। चिनी वा गुलिया खानेकुरा कम खाने। मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने। पटक पटक गरि थोरै थोरै मात्रामा खानेकुरा खाने। पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने। शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।

    ४– खान मन नलागे वा भोक कम लागेमा
    फलफूल प्रसस्त मात्रामा खानु पर्दछ। पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक मार्फत पूर्ती गर्न सकिन्छ तर चिकित्सक वा डाइटिसियनको सिफारिसमा मात्र खाद्य पुरक खानु पर्दछ।

    ५– धेरै खकार, सिगान आएमा
    भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात बढी मात्रामा खाने। मनतातो झोलिलो खानेकुरा, सुप प्रशस्त मात्रामा पिउने। हिस्टामिनयुक्त खानेकुराहरु जस्तै प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुबगो, च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने।

    ६ सास फेर्न गाह्रो भएमा
    कार्वोहाइड्रेड कम भएको खानेकुरा खानु पर्दछ। शक्तिका लागि स्वास्थ्यवर्द्धक चिल्लो भएको खाना खानुपर्दछ। प्रोटिनको लागि उच्च कोटीको प्रोटिनका स्रोतहरु जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खानामा समावेश गर्नु पर्दछ।

    ६० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, ५ वर्ष भन्दा कम उमेरका बच्चाहरू वा रोग प्रतिरोधात्मक क्षमता भएका जुनसुकै उमेरका व्यक्तिलाई मौसमी फ्लुले छिटो असर गर्दछ। बालबालिकालाई प्रस्सस्तै आमाको दुध र झोलीलो खानेकुरा खान दिनुपर्छ। त्यसैगरी अन्य उमेर समूहका व्यक्तिले पनि बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने। तातो र झोलिलो खानेकुरा खानुपर्दछ।