चित्रबहादुर केसीले भने: बालकुमारी घटना पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन परिवारको रेखदेख गर्नुपर्छ - Chaitanya News
  • 2026-11-19
  • 17:08:56
  • बिहिबार,मंसिर ०४, २०८३
  • चित्रबहादुर केसीले भने: बालकुमारी घटना पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन परिवारको रेखदेख गर्नुपर्छ

    चित्रबहादुर केसीले भने: बालकुमारी घटना पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन परिवारको रेखदेख गर्नुपर्छ

    काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बालकुमारी घटना पीडितलाई १० लाख क्षतिपूर्ति दिएर समस्या समाधान नहुने बताएका छन्।

    आज (सोमबार) राज्य व्यवस्था समितिको बैठकमा उनले पीडितहरूलाई १० लाख दिएर समस्या समाधान नभई झन् पीडित ठगिने भन्दै सरकारले पीडितका परिवारको रेखदेख गर्नुपर्ने माग राखे।

    उनले भने,‘लोकतन्त्र र गणतन्त्र माथि नै प्रहार भइरहेको छ। किन प्रहार भइरहेको छ? हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर नेपाली जनतालाई के दियौँ? अब पीडितहरूलाई हामीले १० लाख दिएर समस्या समाधान हुँदैन। अरु यस्ता पीडित थपिन्छन्। त्यसैले सरकारले उहाँहरूको परिवारको रेखदेख गर्नुपर्छ। जसले गल्ती गरेको छ छानबिन गर्नुपर्छ।

    उनले सो घटना नयाँ युवाहरूको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्ने आशङ्का व्यक्त गरे।

    उनले भने,‘जहाँसम्म अस्तिको घट्नाको कुरा छ। यो सरकार बनेदेखि नै यस्तै आन्दोलन त भइरहेको थियो। यहाँ यो नयाँ युवाहरूको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्छ है,जसरी हामीले यो घट्नालाई सोझो पारामा हेरिरहेका छौँ त्यो नहुन सक्छ। उनले एउटा घटना हुन थालेपछि आयोग बनाएर छानबिन गरेपनि प्रतिवेदन कार्यान्वयन हुन नसकेकोप्रति ध्यान दिन आग्रह गरे।