मन्त्री ज्वालाको लापरबाहीले बालकुमारीमा दुर्घटना भयो : महामन्त्री थापा - Chaitanya News
  • 2026-05-05
  • 15:53:14
  • मंगलबार,बैशाख २२, २०८३
  • मन्त्री ज्वालाको लापरबाहीले बालकुमारीमा दुर्घटना भयो : महामन्त्री थापा

    मन्त्री ज्वालाको लापरबाहीले बालकुमारीमा दुर्घटना भयो : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमा थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गरेका छन्।

    आज (सोमबार) बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

    यस्तै उनले भने, ‘त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबरजस्ती हो। चरम लापरबाही हो हेपेको हो। मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो। दुई जना केटाहरूको ज्यान गयो भन्ने लाग्छ। यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन।

    उनले काँग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको बताए।

    उनले भने, ‘यहाँ समितिको काम छैन जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका छन्। यो नैतिक विषय हो यसलाई सम्बन्धित पक्षले कसरी लिन्छ उत्तर हामी सुन्छौँ। हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्यो