प्रधानमन्त्री कप: कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश - Chaitanya News
  • 2026-06-07
  • 13:38:16
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कप: कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

    प्रधानमन्त्री कप: कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

    काठमाडौं– एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्‍यो।

    टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

    १४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा सीमित रहेपछि एपीएफ ५२ रनले विजयी भएको हो।

    कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन्। उनले ४८ बलमा २ चौका र एक छक्का प्रहार गरिन्। रुबिना क्षेत्रीले २२, लकिता राजवंशीले १४ रन बनाइन्। विमला मलाहा ६ रनमा अविजित रहिन्।

    एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता राना मगरले एकरएक विकेट लिए।

    पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले ५६ रनको अर्धशतकीय पारीसहित अविजित रहिन्। उनले ५० बलमा ३ चौका र एक छक्का प्रहार गरिन्।

    कप्तान सीता राना मगर ४५ रन र ज्योति पाण्डेले १२ रन बनाए। रोमा थापा १८ रनमा अविजित रहे।

    कोशीका लागि एक मात्र विकेट कप्तान रुबिना क्षेत्रीले लिइन्।

    आजको दोस्रो खेल एलिमिनेटर वानअन्तर्गत सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ। यी दुई बिचको विजेताले कोशीसँग एलिमिनेटर टु अन्तर्गत कोशीसँग खेल्नेछ।

    एलिमिनेटर टु को विजेताले पुस १८ गते फाइनलमा एपीएफसँग खेल्नेछ।