1.”वाणिज्य महासागरु’ भनेर कुन महासागरलाई चिनिन्छ ?
a.आन्ध्र महासागर B. हिन्द महासागर
C. कुमेरु महासागर D. सुमेरु महासागर
2. सौर्य मण्डलका ८ ग्रहहरु मध्ये सबै भन्दा सुन्दर ग्रह तल दिइएका कुन हो ?
A. शुक्र B. पृथ्वी C. बृहस्पति D. शनि
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
झरनाको नाम देश
A. जेरोस्पा 1. नर्वे
b.स्काइजी 2. स्वीटजरल्याण्ड
c. गाभार्नी 3. भारत
d. स्टाउवाच 4. फ्रान्स
A, a1,b2,c4,d3 B) a3,b4,c1,d2 C) a3,b1,c4,d2 D) a2,b1,c4,d3
4. ” Grand Coulee” जलविद्युत आयोजना कुन देशमा पर्दछ ?
A. ब्राजिल B. रुस c. चीन d. अमेरिका
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
हिमालको नाम उपनाम
a.लाङटाङ दोस्रो 1. दिपेन्द्र शिखर
b.उर्केमा पिक 2.वेडेल पावेल
c.अन्तु डाँडा 3. चिमोई शान्ति पर्वत
d. चुरे पर्वत 4. शिवालिक
A, a3,b2,c1,d4 B) a1,b2,c3,d4 C) a3,b1,c2,d4 D) a2,b1,c3,d4
6. विश्वका ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली को हुन ?
a. शम्भस तामाङ B.मिङ्पा शेर्पा C. पेम्बाछीरी शेर्पा D. बाबुछिरी शेर्पा
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. काल भैरवलाई हँसाउने राजा प्रताप मल्ल हुन ।
२. प्राचिन कालमा कर्णाली क्षेत्रलाई बाईसे राज्य भनेर चिनिन्थ्यो ।
३. सर्वप्रथम युरोप पुग्ने राजा त्रिभुवन हुन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
8. नेपाल र तिब्बत बीच कहिले केरुङ सन्धि भएको हो ?
A. वि.स १८४६ B. वि.स १८४७ C. वि.स १८४८ D. वि.स १८४५
9. प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा पहिलो हुने निर्वाचित प्रणाली तर्फ निर्वाचित हुने महिलाको संख्या कति रहेको छ ?
A. ६ B.७ C.९ D. ११
10. तल दिइएका मध्ये कुन संस्था विश्व बैंक अन्र्तगत पर्दैन ?
A.पुननिर्माण तथा विकासका लागि अन्तराष्ट्रिय बैंक B. अन्तराष्ट्रिय विकास संस्था
C. अन्तर्राष्ट्रिय वित्त निगम D. अन्तर्राष्ट्रिय मुद्रा कोष
11. जोडा मिलाइ कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
क. महासभा 1. अन्तराष्ट्रिय विकास लक्ष्यहरुको कार्यान्वयन गर्ने
ख.आर्थिक तथा सामाजिक परिषद् 2. अन्तराष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने
ग) सुरक्षा परीषद् 3. संयुक्त राष्ट्रसंघको बजेट स्वीकृति गर्ने
घ) अन्तराष्ट्रिय न्यायलय 4. संयुक्त राष्ट्रसंघका अंगहरुलाई कानूनी प्रश्नहरुमा राय दिने
A.क३, ख१, ग२, घ४ B. क२, ख३, ग४, घ१ C. क१, ख४, ग२, घ३ D. क१, ख२, ग३, घ४
12.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालमा ज्यापु दिवस मंसिर शुक्ल पुर्णिमामा मनाईन्छ ।
२. सुरेल जातिको मुलथलो दोलखा हो ।
३. आर्य सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ।
माथि दिइएका भनाईहरु कुन कुन सहि छन ।
A. १,२ सहि B. २,३ सहि C. १,३ सहि D. सबै सहि
13. कुन योजनालाई गरीबी निवारणको रणनीतिपत्र मानिन्छ ?
A. आठौ B. नवौ C. १० औ D. १२ औ
14. पन्ध्रौ योजनाको अन्त्य सम्ममा विद्युतको पहुँच कति हुने लक्ष्य राखिएको छ ?
A. ११० प्रतिशत B. १०५ प्रतिशत C. १०० प्रतिशत D. ९९ प्रतिशत
15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालमा CDMA सेवाको सुरुवात वि.स २०६२ सालमा भएको हो ।
२. मे 17 मा World Telecommunication Day मनाईन्छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै गलत D. दुवै सहि
16. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. BBC को प्रभावकारी सय महिला २०२३ को सूचीमा पर्ने सफल नेपाली रुक्साना कपाली हुन ।
२. इतिहासकार एवं कदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन वि.स २०८० अशोज २९ (९५ वर्षको उमेरमा )भएको हो ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
17. १३ औ एकदीवसीय विश्व कप क्रिकेट, २०२३ विजेता राष्ट्र कुन हो ?
A. भारत B. अष्ट्रेलिया C. न्युजिल्याण्ड D. दक्षिण अफ्रिका
18. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. रामसार महासन्धीमा नेपालका ९ वटा सिमसार क्षेत्र सुचिकृत भएका छन ।
२. सबै भन्दा पहिला सुचिकृत नेपालको सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष हो ।
३. सिमसार क्षेत्रका रुपमा सूचिकृत मध्ये क्षेत्रफलको आधारमा सबै भन्दा सानो घोडाघोडी ताल हो ।
A. १,२ गलत B. २,३ गलत C. १,३ गलत D. सबै गलत
19.नेपालले अन्तराष्ट्रिय क्रिकेट महासंघ (ICC) को सदस्यता कहिले प्राप्त गरेको हो ?
A. सन् १९८८ B. सन् १९८९ C. सन् १९८७ D. सन् १९९६
20.राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो ?
A. मनाङ B. मुस्ताङ C. डोल्पा D. रसुवा
उत्तरहरुः
1. A 11. A
2. D 12. D
3. C 13. B
4. D 14. C
5. A 15. D
6. B 16. C
7. D 17. B
8. A 18. C
9. C 19. A
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100