१) तलका कथनहरुमा नमिल्दोे कथन कुन हो ?
A. सर्वप्रथम भारतियहरुद्वारा भएको अंग्रेज युद्धको पहिलो विद्रोह सन् १८५७ को सिपाही विद्रोह थियो ।
B. द्वितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र जर्मनी हो ।
C. प्रथम विश्वयुद्ध १५६५ दिन चलेको थियो ।
D.२० औं सताब्दीको इतिहासको सबैभन्दा महत्वपूर्ण घटना रुसी राज्यक्रान्ती हो
A) A र B मात्र B) B र C मात्र D) A, B, D मात्र D) माथिका सबै
२) नालापानीको युद्धमा कति नेपाली सिपाहिले वीरगति प्राप्त गरेका थिए ?
A) २२० B) ४४० C) ५४० D) ७३०
३) नेपालमा पञ्चायती व्यवस्थाको घोषणा कहिले भएको थियो ?
A) वि.सं. २०१७ पुष २२ B) वि.सं. २०१७ पुष १२ C) वि.सं. २०१८ पुष १२ D) वि.सं. २०१६ पुष २२
४) मेचे जातिले धिमाल के भन्दछन् ?
A) हाइको B) जिर्पा C) थकाली D) माने
५) जोडा मिलाउनुहोस् ।
समूह ‘क’ समूह ‘ख’
A. आदिकवि 1. सिद्धिचरण श्रेष्ठ
B. महाकवि 2. भानुभक्त आचार्य
C. श्रृंगारिक कवि 3. लक्ष्मीप्रसाद देवकोटा
D. युगकवि 4. मोतिराम भट्ट
A) A.2, B.1, C.4, D.3 B) A.3, B.4, A.1, D.2 C) A.4, B.3, C.1, D.2 D) A.2, B.3, C.4, D.1
६) सन् २००९ अक्टोवर १६ मा समुन्द्रमुनी मन्त्री परिषदको बैठक गरी कुन राष्ट्रले विश्व समुदायलाई कार्बन ग्यास कटौतिको आह्वान गरेको थियो ?
A. चीन B. भारत C) अमेरिका D) माल्दिभ्स
७) तल दिइएका कथनहरुमा कुन-कुन कथनहरु सही, कुन-कुन कथनहरु गलत छुट्याउनुहोस् ।
A. लिच्छवीहरुको आदी पुरुष भनेर सुपुस्पलाइ चिनिन्छ ।
B. मानदेवको छोराको नाम बाघदेव थियो ।
C. नेपालको इतिहासको स्वर्णयुग भनेर लिच्छवी काललाई चिनिन्छ ।
D. मानदेवले प्रचलनमा ल्याएको मुद्रको नाम पुराण हो ।
A) A र C सही B र D गलत B) Aर B सही C र D गलत
C) A र D सही B र C गलत D) A, B र C सही Dगलत
८) क्योटो महासन्धि कहिले देखि विश्वभर कार्यान्वयनमा आएको हो ?
A) सन् २००५ फेबु्रअरी १६ B) सन् २००६ फेबु्रअरी १६
C) सन् २००८ फेबु्रअरी १६ D) सन् २००७ फेब्रुअरी १६
९) पृथ्वी दिवस कहिले मनाइन्छ ?
A. जून २२ B) अप्रिल २२ C) डिसेम्बर २२ D) मार्च २२
१०) नेपालको संविधानको कुन धारामा मन्त्रिपरिषद्को गठनबारे व्यवस्था गरिएको छ ?
A. ७४ B) ७५ C) ७६ D) ७७
११) सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति को हुन् ?
A) मलाला युसुफजाई B) आङ्साङ् सुची
C) जाँ पल सत्र D) बुत्रोस बुत्रोस घाली
१२) शक्ति गौचन कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?
A) फुटबल B) बास्केटबल C) भलिबल D) क्रिकेट
१३) जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह ‘क’ समूह ‘क’
A. मारियाना ट्रेन्च 1. सुमेरु
B. तेलको महासागर 2. त्रिभुज
C. मोलिद्धिप 3. १०९१२ मि.
D. प्रशान्त महासागर 4. हिन्द महासागर
A) A.3, B.4, C.1, D.2 B) A.3, B.4, C.2, D.1 C) A.3, B.2, C.1, D.4 D) A.3, B.1, C.2, D.4
१४) २०२० को भौतिकशास्त्र तर्फको नोवेल पुरस्कार प्राप्त गर्ने तलका मध्ये को होइनन् ?
A) Roger Penrose B. Reinhard Genzel C. Andrea Ghez D. Paul R Milgrom
१५) अन्तराष्ट्रिय नारी दिवस द्दण्द्दद्द मार्च ड को नारा के थियो ?
A)Think equal, build smart, innovate for change.
B) Time is now: Rural and urban activists transforming women’s lives.
C) I am Generation Equality: Realizing women’s rights.
D) Gender equality today for a sustainable tomorrow
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100