नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२०: आर्मीलाई हराउँदै सन्दीप लामिछाने नेतृत्वको पर्सा फाइनलमा - Chaitanya News
  • 2026-06-07
  • 13:38:47
  • आइतबार,जेठ २४, २०८३
  • नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२०: आर्मीलाई हराउँदै सन्दीप लामिछाने नेतृत्वको पर्सा फाइनलमा

    नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२०: आर्मीलाई हराउँदै सन्दीप लामिछाने नेतृत्वको पर्सा फाइनलमा

    काठमाडौँ– नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। वीरगञ्जस्थित नारायणी रंगशालामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा पर्सा–११ ले बलियो त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हरायो।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको पर्साले १९।४ ओभरमा अलआउट हुनुअघि ९९ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने १६.२ ओभरमा अलआउट हुनुअघि ६८ रनमात्र बनाउन सक्यो।

    पहिले ब्याटिङ गरेको पर्साका लागि अनिल शाहले १५, समसाद मन्सुरीले १७, पवन सर्राफले ११ र रुपेश सिंहले १५ रन बनाए। आर्मी क्लबका बलर सोमपाल कामीले चार विकेट लिए। कुशल मल्लले पनि तीन विकेट हात पारे। साहब आलमले दुई र बिवेक यादबले एक विकेट लिए।

    जवाफी ब्याटिङ गरेको आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। उनले ३।२ ओभरमा केवल १३ रन खर्चिए। अनिल शाह, पवन सर्राफ र समसाद मन्सुरीले पनि दुई–दुई विकेट हात पारे। रंजित कुमारले एक विकेट लिए।

    आर्मी क्लबका लागि कुशल मल्लले १९ रन बनाए । बसिर अहमदले अविजित १० रन जोडे। आर्मीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। उक्त खेलमा पर्सा–११ का समसाद मन्सुरी प्लेयर अफ दी म्याच घोषित भए।