1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. विश्वको सबैभन्दा लामो घाँसे मैदान सवाना हो ।
२. धेरै ताल भएको देश क्यानडा हो ।
३. संसारको अग्लो पाठर तिब्बतको पठार हो ।
४. पहिलो अन्तरिक्षमा हिड्ने पहिलो महिला अनुसेह अन्सारी हुन ।
A. १,२ सहि B. ३,४ सहि C.सबै सहि D. १,२ र ४ मात्र सहि
2. प्रत्येक वर्ष १ ईन्चका दरले फैलिदै गएको महासागर कुन हो ?
A. प्रशान्त महासागर B. सुमेरु महासागर
C. आन्ध्र महासागर D.कुमेरु महासागर
3. भुकम्पको म्याग्निच्युड नाप्ने स्केल तलका मध्ये कुन हो ?
A. सिस्मोलोजी स्केल B. रिक्टर स्केल
C) Modified Mercalli Intensity Scale D.सिस्मोग्राफ स्केल
4. युरोपको डेन्युव नदी कति राष्ट्र भएर बग्दछ ?
A, ५ नदी B. ६ नदी C. ७ नदी D. ८ नदी
5. नेपालको सबैभन्दा कम चौडा भु–भाग कुन प्रदेशमा पर्दछ ?
A. कर्णाली प्रदेश B. लुम्बिनी प्रदेश
C. कोशी प्रदेश D. बागमति प्रदेश
6. भक्तपुरको पुरानो नाम तल दिइएका मध्ये कुन हो ?
A. युपग्राप B. स्वर्गधारी C.कोलियाग्राम D. खोपीग्राम
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघको स्थापना वडापत्रको ११० धारा बमोजिम भएको हो ।
२. संयुक्त राष्ट्रसंघको सदस्यता त्याग्ने मुलुक इण्डोनेसिया हो ।
३. संयुक्त राष्ट्रसंघमा सर्वप्रथम डबल भिटो प्रयोग गर्ने मुलुक रुस हो ।
A. १,२ मात्र सहि B.२,३ मात्र सहि C. सबै सहि D. १,३ सहि
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
A.बंगालको शोक 1. भुटान
B. विहारको दु.ख 2. बंगलादेश
C. चट्याङको देश 3. कोशी नदी
D. Land of Golden fiber 4. दामोदर नदी
A, a1,b2,c3,d4 B) a4,b3,c1,d2 C) a4,b3,c2,d1 D) a4,b1,c3,d2
9.”Corpuscles Theory” सिद्धान्तका प्रतिवादक को हुन ?
A. आर्किमिडिज B. ग्यालिलियो ग्यालिलि C.सर आईज्याक न्युटन D.माइकल फराडे
10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
A. फोटोग्राफ 1. एमिल वर्लिनर
B. मुभी प्रोजेक्टर 2. लुई डेगुरे
C. माईक्रोफोन 3.थोमस अल्वा एडिसन
D. मेसिन गन 4. आर. गेटलिङ
A, a4,b3,c1,d2 B) a3,b4,c1,d2 C) a2,b3,c1,d4 D) a1,b2,c3,d4
11.चाँदीका लागि प्रसिद्ध स्थान कुन हो ?
A. दैलेख B. प्युठान C. बाग्लुङ D.थाकखोला
12.तिब्बती खरायोका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो ?
A. मकालु बरुण राष्ट्रिय निकुञ्ज B. कोशी टप्पु बन्यजन्तु आरक्ष
C. चितवन राष्ट्रिय निकुञ्ज D. शे – फोक्शुण्डो राष्ट्रिय निकुञ्ज
13. युनेस्कोले UNO को विशिष्टीकृत संस्थाको मान्यता कहिले पाएको थियो ?
A. सन् १९४६ डिसेम्बर १४ B. सन् १९४६ डिसेम्बर १५
C. सन् १९४६ डिसेम्बर १६ D. सन् १९४६ डिसेम्बर २०
14.CTBT (Comprehensive Nuclear Test Ban Treaty) मा हस्ताक्षर गर्ने नेपाल कति औ राष्ट्र हो ?
A. १४ औ B. १५ औ C. १६ औ D. १७ औ
15. राष्ट्रिय जनगणना, २०७८ अन्तिम नतिजा अनुसार विचार कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सबै भन्दा कम जनसंख्या भएको जिल्ला मनाङ हो ।
२. सबै भन्दा औसत सदस्य भएको जिल्ला रौतहट हो ।
३. ईन्टरनेट सुविधा पुगेको परिवार ३७.७२ ५ रहेको छ ।
A. १,२ मात्र सहि B. १,३ मात्र सहि C. २,३ मात्र सहि D. सबै सहि
16. नेपाल राष्ट्रिय योजना आयोगले २०३० सम्म आर्थिक वृद्धिदर कति पु¥याउने अनुमान गरेको छ ?
A.५ .५ B. ६. ५ C. ७ .५ D. ८. ५
17. पन्ध्रौ योजना सँग सम्बन्धित तथ्यांकहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. विद्युत उत्पादन जडित क्षमता – ४०,०००
२. वनजंगल घनत्व -४५०
३. जलवायु जडित उत्पादन क्षमता – ५८२०
४. लैंगिक असमानता सूचकांक -०.३९
A. १,२ मात्र सहि B. ३,४ सहि C. सबै सहि D. सबै गलत
18.महिला T-20 विश्वकप, २०२३ कुन देशले आयोजना गरेको थियो ?
A.अष्ट्रलिया B. दक्षिण अफ्रिका C. दक्षिण कोरिया D. बंगलादेश
19. विश्वको सबैभन्दा धेरै जल विद्युत उत्पादन गर्ने Three Gerges Dam परियोजना कुन देशमा रहेको छ ?
A. इजरायल B.जापान C. चीन D.मलेसिया
20. नेपाललाई कहिले सम्म सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ?
A. वि.स २०८१ B.वि.स २०८२ C. वि.स २०८३ D. वि.स २०८४
उत्तरहरुः
1.A 11. C
2. C 12. D
3. B 13. A
4. C 14. C
5. C 15. D
6. D 16. C
7. C 17. C
8. B 18. B
9. C 19. C
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100