जाडोमा तुलसी सेवन कति लाभदायक? - Chaitanya News
  • 2026-05-05
  • 16:42:41
  • मंगलबार,बैशाख २२, २०८३
  • जाडोमा तुलसी सेवन कति लाभदायक?

    जाडोमा तुलसी सेवन कति लाभदायक?

    काठमाडौं– तुलसी औषधिय गुणले भरिपूर्ण बनस्पति। धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ। आर्युवेदमा यसको खास महत्व छ। त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ।

    तुलसी जाडो याममा निकै उपयोगी हुन्छ। किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ। यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ।

    दिनहुँ तुलसी सेवन गर्ने निरोगी:

    भनिन्छ, विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन। तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ। यद्यपी त्यसका लागि विधि भने थाहा हुनुपर्छ।

    बिहान खाली पेटमा चार–पाँच तुलसीको पात सेवन गर्नुपर्छ। यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ। त्यसो त चार(पाँच वटा पात चपाए पनि फाइदा गर्छ।

    १– तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन। यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ। छातीको दुखाई पनि कम गर्छ। स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ।

    २– तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन। निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिउनुपर्छ।

    तुलसीको चिया:

    अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ। तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ। त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ। त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ। अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ। राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ। त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ। यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ।

    तुलसी र दुधको मिश्रण:

    तुलसीलाई दुधसँग पनि मिसाएर सेवन गर्न सकिन्छ। यसरी तुलसी र दुधको मिश्रण बनाउँदा त्यसले थप लाभ गर्छ। खासगरी यस्तो मिश्रण खाली पेटमा सेवन गर्नुपर्छ।

    १– सास सम्बन्धी रोगमा फाइदा

    यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ। बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा मिल्छ।

    २– टाउको दुखाईमा

    टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ। यसले हरेक उमेरका व्यक्तिलाई ठिक गर्छ। माइग्रेन जस्तो समस्यामा पनि यो लाभदायक हुन्छ ।

    ३– मुटुलाई स्वस्थ्य राख्ने

    जसलाई मुटुसम्बन्धी समस्या छ, उनीहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ।

    ४– तनाव हटाउँछ

    यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ। त्यसले तनावको स्तर कम गर्छ। डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दुधको मिश्रण सेवन गर्नुपर्छ।