यी पाँच खानेकुरा, जसले तपाईँमा भरिदिनेछ तागत - Chaitanya News
  • 2026-11-21
  • 23:07:33
  • शनिबार,मंसिर ०६, २०८३
  • यी पाँच खानेकुरा, जसले तपाईँमा भरिदिनेछ तागत

    यी पाँच खानेकुरा, जसले तपाईँमा भरिदिनेछ तागत

    काठमाडौँ– हिजोआज खराब जीवनशैली र खानपिनले गर्दा मान्छेमा स्टामिना अर्थात् तागत घट्दै गइरहेको छ। अलि अलि धपेडी हुने काम गरेपछि मान्छे कमजोर र थकित हुन थाल्छन्। स्टामिना राम्रो छ भने राम्रो तरिकाले काम गर्न मद्दत मिल्छ। तपाईँलाई पनि शरीरमा स्टामिना कम भइरहेको महसुस हुन थालेको छ भने यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।

    खानेकुराले हामीलाई ऊर्जा दिन्छ । समग्रमा स्टामिना बढाइदिन्छ। तर ध्यानमा राख्नु पर्ने कुरा चाँहि के हो भने कुनै एउटा मात्रै खाद्य पदार्थ एक्लैले चमत्कारिक रूपमा स्टामिना बढाउन सक्दैन। तर विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न, प्रोटिन र हेल्दी फ्याट सबै समावेश गरिएको सन्तुलित, पौष्टिक आहारले स्टामिना बढाउन मद्दत मिल्छ।

    केरा:
    केरामा कार्बोहाइड्रेट्स, प्राकृतिक चिनी र पोटाशियम भरपुर मात्रामा हुन्छ। यसले तुरुन्तै अनि लामो समयसम्म एनर्जी दिइरहन्छ। त्यसैले तपाईँले आफ्नो स्टामिना बढाउने मामिलामा यो उत्कृष्ट विकल्प साबित हुन सक्छ। तपाईँले नास्तामा ओट्स वा स्मुदीमा काटिएको केरा मिसाएर खानु भयो भने पूरै दिन तपाईँलाई ऊर्जा वान बनाएर राख्न मद्दत गर्न सक्छ।

    ओट्सः
    ओट्समा उच्च मात्रामा फाइबर, जटिल कार्बोहाइड्रेट्स र भिटामिन हुन्छ। जसले भोजनलाई ऊर्जामा बदल्न मद्दत गर्छ। यसले स्टामिनालाई बढाएर ऊर्जा पनि दिन्छ। तपाईँले दिनको सुरुमै एक कचौरा ओटमिल खानुस् या स्मुदीमा ओट्स हालेर खानुस्।

    क्विनोआः
    क्विनोआ प्रोटिनले भरपुर हुन्छ। यसमा पनि जटिल खालको कार्बोहाइड्रेट्स, फाइबर र म्याग्नेशियम अनि आइरन पाइन्छ। यसले तपाईँलाई पर्याप्त ऊर्जा दिन्छ अनि स्टामिनामा पनि सुधार गर्न मद्दत मिल्छ। क्विनोआलाई मेन डिश र साइड डिशको रूपमा खान सकिन्छ। तपाईँले यसलाई सुपको रूपमा पनि खान सक्नु हुन्छ।

    चिया सिडः
    चियाको बिउमा स्वस्थ फ्याट, प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्टसमेतका कयौँ पोषक तत्त्व पर्याप्त मात्रामा हुन्छ। यसले शरीरलाई लामो समयसम्म ऊर्जा वान बनाई राख्छ। तपाइले दहीमा चिया सिड हालेर खान सक्नु हुन्छ । स्मुदीमा पनि यसलाई मिसाएर खान सकिन्छ।

    बदाम:
    बदाम स्वस्थ बोसो, प्रोटिन र फाइबरको ठुलो स्रोत हो। यसले तपाईँलाई निकै धेरै ऊर्जा दिन्छ। समग्रमा स्टामिना सुधार्छ। हरेक दिन नास्तामा पाँचदेखि छ ओटा बदाम खानु पर्छ।