काठमाडौँ– पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन्।
आज (मङ्गलवार) बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन्।
गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका हुन्।
समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन्।
पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशकसमेत रहेका समितिका सदस्य सचिव डा। घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषदबाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताए।
विश्वविद्यालयले अध्ययन–अनुसन्धानलाई प्राथमिकता दिने गरी प्रारम्भिक रूपरेखा बनिरहेको उनले जानकारी दिए।