1. जोडा मिलाई कोड देखि सहि उत्तर छनोट गर्नुहोस् ?
ताल स्थान
a. बैकाल 1. क्यानडा
b. भोस्टोक 2. अन्टार्कटिका
c. निपिगोन 3. इथियोपिया
d. ताना 4. रसिया
A) a4,b1,c2,d3 B) a4,b2,c3,d1 C) a3,b2,c1,d3 D) a4,b2,c1,d3
2. माउण्ट के टुन कुन श्रृङ्खलामा पर्दछ ?
A. शिवालिक B. हिमाञ्चल C. काराकोरम D. हिमाद्री
3. शान्त प्रातकालको देश भनेर कसलाई जनाउँदछ ?
A. दक्षिण कोरिया B.थाइल्याण्ड C. लाओस D. क्यानडा
4. नेपालको कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएको छ ?
A. गौरीशंकर हिमाल B. मनास्लु हिमाल C. माछापुच्छे् हिमाल D. जुगल हिमाल
5. जोडा मिलाई कोड देखि सहि उत्तर छनोट गर्नुहोस् ?
शिखर उचाई
A.कञ्चनजंघा 1. 8586
B. चोयु 2.8516
C. मकालु 3. 8463
D.ल्होत्से 4. 8201
A) a1,b4,c3,d2 B) a3,b4,c2,d1 C) a2,b3,c1,d4 D) a4,b3,c2,d1
6. नेपालमा सीमावर्ती जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला कति छन ?
A. ३० वटा B. ३२ वटा C. ३५ वटा D. ३७ वटा
7. रातो मच्छिन्द्रनाथको जात्रा चलन कसले चलाएका हुन ?
A.गुणकाम देव B. मानदेव C. नरेन्द्र देव D. प्रताप मल्ल
8. राजा विरेन्द्रबाट बहुदल र निर्दल व्यवस्थामध्ये कुनलाई छान्ने भनेर जनमत संग्रह घोषणा कहिले भएको थियो ?
A. वि.स २०३६ बैशाख १० B. वि.स २०३६ जेठ २०
C. वि.स २०३७ जेठ १० D.वि.स २०३६ जेठ १०
9. मगरहरुले बोल्ने भाषालाई काइके भनिन्छ, भने चेपाङ जातिले बोल्ने भाषलाई के भनिन्छ ?
A. संस्कृत B.खाम्ची C.पाण्डी D. वयली
10. समुह I समुह II वीच जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. तलेजु 1.मिथिला
b. जनकपुर 2. प्रताप मल्ल
c. कृष्ण मन्दिर 3. विदेह
d. विद्यापति 4.सिद्धिनरसिंह
A) a2,b1,c3.d4 B) a4,b3,c2,d1 C) a3,b4,c1,d2 D) a2,b3,c4,d1
11. वीच जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
A. पशुपालनमा लगाइने कर 1. सिंकर
B. कपडामा लगाईने कर 2. भागकर
C. काठ दाउरामा लगाईने कर 3. भोगकर
D. कृषि उत्पादनमा लगाईने कर 4. चैलकर
A) a3,b4,c1,d2 B) a2,b4,c3,d1 C) a2,b4,c3,d1 D) a4,b3,c1,d2।
12.काठमाण्डौँको डील्लीबजारमा रहेको चारखाल अड्डा कसको पालामा स्थापना भएको थियो ?
A. भीमसमशेर B. पद्मसमशेर C.चन्द्रसमशेर D. देवमशेर
13.पन्ध्रौ योजना अवधि (२०७६/७७-२०८०/८१० मा गरीबीलाई कति प्रतिशतमा झार्ने लक्ष्य छ ?
A. १८ प्रतिशत B. ११ प्रतिशत C.१५ प्रतिशत D. ९.५ प्रतिशत
14. नेपालमा एफ.एम. रेडियोको सुरुवात कहिले भएको हो ?
A. वि.स २०४६ B. वि.स २०५२ C.वि.स २०५५ D.वि.स २०५८
15. विभिन्न राजमार्गहरुको सबैभन्दा बढी भाग कुन जिल्लामा पर्दछ ? जोडा मिलाउँनुहोस् ?
समुह I समुह II
A. पृथ्वी राजमार्ग 1. स्याङ्जा
B. त्रिभुवन राजमार्ग 2. तनहुँ
C. महेन्द्र राजमार्ग 3.नवलपरासी
D. सिद्धार्थ राजमार्ग 4. चितवन
5. मकवानपुर
A) a2,b5,c3,d1 B) a2,b3,c4,d5 C) a4,b5,c1,d3 D) a2,b1,c3.d5
16. विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
A. सेप्टेम्बर २९ B. मे २९ C. सेप्टेम्बर २७ D.मे २७
17. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ?
१. दाँत माझ्ने आधुनिक टुथब्रसको आविष्कार चीनमा भएको हो ।
२. संसारको सबैभन्दा सानो फुल ”Duck Weed ” लाई मानिन्छ ।
३. पहिलो ईन्टरनेट वेबसाईट सन् 1990 मा प्रयोगमा ल्याइएको हो ।
A. १ ठीक २,३ गलत B. १,३ ठीक २ गलत
C. सबै ठीक D. १,२ ठीक ३ गलत
18. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ?
१. पेन्सिलको आविष्कार अलेक्जेन्डर प्लेमिङले गरेका हुन ।
२. पाश्चराइजेसन प्रविधि पत्ता लगाउने वैज्ञानिक लुई पाश्चर हुन ।
३. रेडियमको आविष्कार म्याडम क्युरीले गरेकी हुन ।
A.१ ठीक २,३ गलत B. १,२ ठीक ३ गलत
C. १,२,३ सबै ठीक D. १,२,३ सबै गलत
19.Optical Fiber के सगँ सम्बन्धित छ ?
A.आँखाको चस्मा B. स्पेस सुटको कपडा C. दुरसञ्चार र सम्प्रेषण D. माथिका सबै
20.माईकल फराडेले के आविष्कार गरेका हुन ?
A. विद्युतबाट चुम्बक B. विद्युत विच्छेदन C. चुम्बकबाट विद्युत D. विद्युतको ताप प्रभाव
उत्तरः
1. D 11. A
2. C 12. A
3. A 13. D
4. A 14. B
5. A 15. A
6. D 16. C
7. C 17. D
8. B 18. C
9. B 19. C
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 171