आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पुन्हि मनाइँदै - Chaitanya News
  • 2026-05-25
  • 04:11:04
  • आइतबार,जेठ १०, २०८३
  • आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पुन्हि मनाइँदै

    आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पुन्हि मनाइँदै

    भक्तपुर– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाइरहेका छन्।

    यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ। नेवार समुदायले ठुलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।