होस गरौं, यी साना साना बानीले आँखा कमजोर बनाउँछन् - Chaitanya News
  • 2026-05-05
  • 16:43:08
  • मंगलबार,बैशाख २२, २०८३
  • होस गरौं, यी साना साना बानीले आँखा कमजोर बनाउँछन्

    होस गरौं, यी साना साना बानीले आँखा कमजोर बनाउँछन्

    एजेन्सी– आँखालाई कमजोर बनाउनका लागि तपाईंले दैनिक जीवनमा गरिरहेका साना साना गल्तीहरु पनि जिम्मेवार हुन्छन्।

    यदी तपाईं मोबाइल, ल्यापटप तथा कम्प्यूटर आदिलाई लामो समय प्रयोग गर्नुहुन्छ भने त्यसबीचमा ब्रेक लिनु पर्दछ। यसका खराब किरणहरुले तपाईंको आँखालाई नराम्रो प्रभाव पार्ने गर्छ।

    तपाईंको आँखा कमजोर हुनुको अर्को कारण आँखालाई मिच्ने बानी पनि हो। पटक पटक हातले मिच्ने बानीले आँखालाई कमजोर बनाउँछ।

    यदी तपाईं आफ्नो चस्माको राम्रोसँग सरसफाई गर्नु हुन्न भने पनि यसले आँखा कमजोर हुन सक्छ। यसले धुलोका साना कणहरु आँखामा पस्न सक्छन्।

    धुम्रपान गर्नाले पनि आँखालाई नोक्सान पुग्न सक्छ। यसले हानिकारक केमिकलहरु आँखामा पुर्याउँछ। यसले मोतियाबिन्दु हुने जोखिम पनि रहन्छ।

    भिटामिन, जिंक र ओमेगा–३ फ्याटी एसिडले भरपूर खानपानहरुले तपाईंको आँखा स्वस्थ रहन्छ। यदी यस्ता चीजहरुको कमी भइरहेमा पनि आँखा कमजोर हुँदै जान्छ।

    त्यस्तै निद्राको कमी हुनु पनि आँखाका लागि राम्रो होइन। कम्तीमा ७ देखि ८ घण्टाको निद्रा दैनिकरुपमा पुगेन भने आँखा छिटो कमजोर हुन थाल्छन्।