मध्यरातमा पोखराको वीरेन्द्र चोकमा ठड्याइयो स्व.राजा वीरेन्द्रको सालिक - Chaitanya News
  • 2026-11-19
  • 16:34:25
  • बिहिबार,मंसिर ०४, २०८३
  • मध्यरातमा पोखराको वीरेन्द्र चोकमा ठड्याइयो स्व.राजा वीरेन्द्रको सालिक

    मध्यरातमा पोखराको वीरेन्द्र चोकमा ठड्याइयो स्व.राजा वीरेन्द्रको सालिक

    पोखरा– पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ। सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो।

    करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए। सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो।

    त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो। तर समितिले काम गर्न सकेको थिएन। ‘समिति धेरै पटक पुनर्गठन भयो। अहिले मात्र सम्भव भयो,’ उनले भने। अहिले ८ फिट अग्लो सालिक ठड्याइएको हो।