यस्तो छ आजको मौसम - Chaitanya News
  • 2026-11-19
  • 16:26:49
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौँ– हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    बिहानको समयमा देशका पूर्वी तराई र पश्चिम तराईका एक(दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।

    राति कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।