1. विश्वको सबैभन्दा लामो राष्ट्रिय गान भएको देश कुन हो ?
A. अमेरिका B.भारत C.अर्जेन्टिना D. ग्रीस
2. तल दिइएका मध्ये कुन जलवायुको क्षेत्रमा बढी घाँसे मैदान रहेका छन ?
A. समशीतोष्ण जलवायु B. उष्णतृष्णभूमिको जलवायु
C. उष्ण तृष्णसमशितोष्ण जलवायु D. समशितोष्ण तृष्णभूमिको जलवायु
3. तलका मध्ये नेपालको पहिलो चूरोट कारखाना कुन हो ?
A.देउराली चुरोट कारखाना B.सुर्य टोवाको कम्पनी
C. जनकपूर चुरोट कारखाना D. नेपाल चुरोट कारखाना
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
नदीको नाम सहर
A. इरावदी 1 न्युयोर्क
B. सेन्ट लरेन्स 2. रंगुन
C. हड्सन 3. ओटावा
D. मस्कावा 4.मस्को
5 .टोकीयो
A, a1,b2,c3,d4 B) a1,b2,c5,d4 C) a3,b4,c1,d2 D) a2,b3,c1,d4
5. मध्यरातमा सूर्य देखिने देश देहायका मध्ये कुन हो ?
A. बेलायत B. नर्वे C. जापान D. ब्राजिल
6. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. १० अक्षांशको फरकमा १११ कि.मि फरक पर्दछ ।
२. ग्रीनवीचको मिनटाइम भन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट छिटो रहेको छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
7.”भ्रष्ट चर्चलाई नष्ट गरिदेउु” भनी जनतामा क्रान्तिको जागृति गर्ने को हुन ?
A.दिदिरो B.रुसो C. मन्टेस्क्यु D. भोल्तेयर
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
A. वणिक 1. प्रान्तमा बस्ने जनता
B. अग्राहर 2. कर प्रशासन
C. अधिकरण 3. शैक्षिक संस्थाले कर तिर्नुनपर्ने भूमि
D. जानपद 4. साधारण व्यापारी
5. केन्द्रमा बस्ने ठाउँ
A, a2,b3,c1,d4 B) a4,b3,c2,d1 C) a4,b5,c3,d1 D) a4,b3,c5,d1
9. नेपाल सरकारको सट्टा श्री ५ को सरकार लेख्ने निर्णय कहिले भएको हो ?
A. वि.स २००९ जेठ १९ B. वि.स २०१७ पुष २२
C. वि.स २०१५ बैशाख २ D.वि.स २०१९ बैशाख १
10. बैशाख १ गतेलाई नेपालको नयाँ वर्ष सुरुवात गर्ने राणा प्रधानमन्त्री को हुन ?
A. भिमसेन थापा B. विरशमशेर C. जंगबहादुर राणा D. चन्द्र शमशेर
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
नाम पुस्तकहरु
A.अमर न्यौपाने 1. कलिलो घाम
B. कृष्ण धरावसी 2. अन्तरमनको यात्रा
C. जगदीश घिमिर 3. पानीको घाम
D. कृष्ण प्रसाद पराजुली 4.आधा बाटो
A, a3,b1,c2,d4 B) a3,b4,c1,d2 C) a4,b1,c2,d3 D) a3,b4,c2,d1
12. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
जाती पुरोहित
A. राई – ङोपा
B. तामाङ -लामाने
C. जिरेल -बैगा
D. चेपाङ -पाँडे
13. नेपाल अधिराज्य संविधान, २०१५ सम्बन्धी विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. महालेखा परीक्षक – धारा ६१
२. बाधा अड्काउने फुकाउने अधिकार – धारा ७७
३. नेपालको तेस्रो संविधान ।
४. २०१५ फागुन १ (राजा महेन्द्र) गते जारी भएको थियो ।
माथिका भनाई कुन कुन सहि छन ।
A., २,३ मात्र B. १,४ मात्र C. १,३ मात्र D.सबै सहि
14. संघ र प्रदेशले प्रयोग गर्न पाउने साझा अधिकार कतिवटा छन ?
A. २३ B. २४ C. २५ D.२६
15. राष्ट्रिय मानव अधिकार आयोगको बैठक महिनामा कति पटक बस्ने व्यवस्था रहेको छ ?
A. १ पटक B. २ पटक C. ३ पटक D. ४ पटक
16. तल दिइएका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
1. नेपालमा सुशासन सातौ योजनाबाट सुरुवात गरिएको हो ।
2. राणाकालमा जिल्लाको प्रमुख प्रशासक सुब्बा हुन्थ्यो ।
3. लिच्छवी कालमा महासचिवलाई महासर्वप्रतिहार भनिन्थ्यो ।
4.मन्त्रालयमा प्रमुख प्रशासकीय पदाधिकार सचिव हुन्छ ।
A. सबै सहि B. १ मात्र गलत C. २ मात्र गलत D. ३,४ मात्र गलत
17. सन्धि वा सम्झौता गर्ने अधिकार निहित हुन्छ ?
A.संघ B.प्रदेश C. संघ र प्रदेश D. संघ, प्रदेश र स्थानीय तह
18. बिमस्टेकको झण्डा कुन धारामा व्यवस्था गरिएको छ ?
A. धारा ३२ B. धारा ३३ C. धारा ३६ D.धारा ३४
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सार्क गरिवी निवारण कार्यक्रम अन्र्तगत नेपालको मकवानपुर जिल्ला छनौट भएको थियो ।
२. सार्कले पहिलोपटक सम्बन्ध कायम गरेको अन्तराष्ट्रिय संगठन UNESCOहो ।
३. सार्क विश्व विद्यालय भारतमा स्थापना गरिएको छ ।
A.१ मात्र गलत B. २ मात्र गलत C. ३ मात्र गलत D.सबै गलत
20. सार्क बिउ बैंकको स्थापना गर्ने निर्णय कति औ शिखर सम्मेलनमा भएको थियो ?
A.१६ औ B.१८ औ C. १७ औ D.१० औ
उत्तरहरुः
1. D 11. D
2. B 12. C
3. C 13. D
4. D 14. C
5. B 15. B
6. C 16. B
7. D 17. A
8. B 18. B
9. C 19. B
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 202