नेफ्स्कून विद्युतीय भोटिङमार्फत नयाँ नेतृत्व छान्दै, पौडेल र ढकाल प्यानल चुनावी प्रतिस्पर्धामा - Chaitanya News
  • 2026-11-19
  • 16:26:48
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेफ्स्कून विद्युतीय भोटिङमार्फत नयाँ नेतृत्व छान्दै, पौडेल र ढकाल प्यानल चुनावी प्रतिस्पर्धामा

    नेफ्स्कून विद्युतीय भोटिङमार्फत नयाँ नेतृत्व छान्दै, पौडेल र ढकाल प्यानल चुनावी प्रतिस्पर्धामा

    काठमाडौँ– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज विद्युतीय भोटिङमार्फत नयाँ नेतृत्व छान्दैछ। संघको ४ वर्षे नेतृत्वका लागि १९ सदस्य सञ्चालक समिति र ३ जना लेखा समितिसहित कूल २२ सदस्यका लागि चुनाव हुने भएको हो।

    निर्वाचन उपसमितिका अनुसार आइतबार दिउँसो १ बजेदेखि विद्युतीय माध्यममार्फत नेफ्स्कूनको निर्वाचन हुनेछ। भोटिङलगत्तै प्राप्त नतिजा प्रकाशन गरिने निर्वाचन उपसमितिले जानकारी दिएको छ।

    नेफ्स्कूनको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष परितोष पौडेल र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चुनावी प्रतिस्पर्धामा छन्। उसो त अध्यक्षमा मात्र नभई अन्य पदाधिकारी तथा सञ्चालक समिति सदस्य र लेखा समिति सदस्यमा समेत पौडेल र ढकालले आ–आफ्नो छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा उत्रिएका छन्।

    खासगरी सहकारी क्षेत्रमा क्रियाशील नेकपा एमाले निकट अभियन्ताहरुको समर्थन पौडेल प्यानललाई रहेको छ भने सत्तापक्ष गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतको समर्थन ढकाल प्यानललाई रहेको छ।