बिहानको खाजा खानु साँच्चै फाइदाजनक छ त? - Chaitanya News
  • 2026-05-05
  • 16:43:06
  • मंगलबार,बैशाख २२, २०८३
  • बिहानको खाजा खानु साँच्चै फाइदाजनक छ त?

    बिहानको खाजा खानु साँच्चै फाइदाजनक छ त?

    काठमाडौं– बिहानको खाजा निकै महत्त्वपूर्ण छ तर यसले वजन कम गर्न मद्दत गर्दैन। एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो। जब हामी खाजा गर्छौ हरेक दिन २६० थप क्यालोरी खपत गरिरहेका हुन्छौ।

    बिहानको खाजा नखानेहरूको तुलनामा बिहानको खाजा खानेहरूको तौल आधा किलोले बढ्छ। यद्यपि विज्ञहरू बिहानको खाजा क्याल्सियम र फाइबरको राम्रो स्रोत भएको बताउँछन्। बिहानको खाजाले ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ। यो विशेष गरी बालबालिकाहरूका लागी लाभदायक छ।

    बिहानको खाजाले ऊर्जा र आवश्यक पोषक तत्त्वहरू दिन्छ भने यसपछि बारम्बार खाना खानुपर्दैन। धेरै अध्ययनले ब्रेकफास्टका फाइदाहरूका साथै बिहानको खाजा खाए हामी कसरी स्वस्थ रहन सक्छौँ भनेर बताएका छन्। अस्ट्रेलियाको यो नयाँ अनुसन्धानमा बिहानको खाजा र तौलमा हुने परिवर्तनलाई लिएर १३ वटा फरक ट्रायल गरिएको थियो।

    मोनाश युनिभर्सिटीले गरेको यो अध्ययनको नतिजाका आधारमा बिहानको खाजा नखानु फाइदाजनक रहेको दाबी गरिएको थियो। यस अनुसार बिहानको खाजा खाएन भने दिनहुँ लिनुपर्ने कुल क्यालोरी कम हुन सक्छ। अध्ययनले बिहानको खाजा छोड्ने व्यक्तिले कम क्यालोरी खपत गर्ने बताएको छ।

    बिहानको खाजा नखानेलाई दिउँसो कम भोक लाग्ने दाबी पनि गरिएको छ। वयस्कहरूलाई तौल घटाउन बिहानको खाजा छोड्न सल्लाह दिँदा सावधानी अपनाउनु पर्छ – किनभने यसले उल्टो प्रभाव पार्न सक्छ। यद्यपि, अनुसन्धानकर्ताहरू भन्छन् – यो अध्ययनको आफ्नै सीमा छन्।

    स्वस्थ खाजा के हो?
    उर्जाका लागि गहुँको रोटी सँ पकाइएको सिमी खान सकिन्छ। प्रोटिनका लागि(टोस्टमा पालकका साथ अण्डा वा फलफूल र नटहरूसँग कम फ्याट भएको दही खानुपर्छ। केहिले फलफूल, केरा र पालकको स्मूदी वा टोस्टमा मसला एभोकाडो खान सक्नुहुन्छ।

    यो अध्ययनमा सहभागीहरूलाई छोटो समयका लागि (२ देखि १६ हप्ता) पछ्याइएको थियो। बिहानको खाजा खाने र नखानेमा क्यालोरीको भिन्नता कम भएको पनि देखियो। अन्वेषकहरूका अनुसार ब्रेकफास्ट छाड्नुको प्रभावलाई राम्रोसँग पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ।

    क्याल्सियम तथा फाइबर किङ्स कलेज लन्डनका आहारविद् एवं पोषण विज्ञान विभागका प्रमुख प्रोफेसर केभिन व्हेलन भन्छन् – हामीले बिहान बढी क्यालोरी लिनु हुँदैन। उनी भन्छन्, ‘यो अध्ययनको निस्कर्श बिहानको खाजा स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरा भने होइन। ‘यदि बिहानको खाजामा अनाज वा दूध लिइयो भने आवश्यक पोषक तत्वहरू जस्तै क्याल्सियम र फाइबर प्राप्त हुन्छ। एजेन्सी