काठमाडौं– टन्सिल मानिसलाई लागिरहने मध्येको एउटा रोग हो। यसले धेरैलाई सताउने गरेको छ। मौसममा आउने परिवर्तन, चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ। टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ।
मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ। टन्सिलको समस्याले धेरै जनालाई सताउने गर्दछ। हाम्रो मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ।
यसले अंगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जसले श्वास प्रश्वास वा खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्ने काम गर्दछ। यही टन्सिलमा चिसो, धुलो, धुवाँ र मौसमी ब्याक्टेरियाको संक्रमणका कारण समस्या देखियो भने हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं तर, यसलाई मेडिकल भाषामा टन्सिलाइटिस भन्ने गरिन्छ। मुख र दाँतको राम्रो सफाइ नगर्नु, कुपोषण तथा वातावरणीय प्रदूषणका कारण पनि टन्सिलको समस्या हुन सक्छ भने ब्याक्टेरियाको कारणले पनि टन्सिल हुन्छ। तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौ।
यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ। यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ।
नुन पानी:
नुनमा एन्टी बायोटिक गुण हुन्छ। यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुरा गर्नुहोस् यसबाट निकै लाभ हुन्छ।
हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ। अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ।
चूक अमिलोको प्रयोग:
चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ। जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ। भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ। यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ। यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ।
बेसार:
कुला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ। तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ। राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पीउनाले राहत मिल्छ।
अत्याधिक पानी:
टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ। सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ। पानी पिउँदा गला चिसो रहन्छ। तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ। त्यस्तै यस्तो अवस्थामा महले पनि फाइदा पुर्याउँछ।
टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आराम मिल्छ। कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ।
तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ। यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ।
चिकेन सुप पिउनुस्:
चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ। यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ। टन्सिल भए खाना खानसकिँदैन। जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ।
लसुन या ल्वाङको प्रयोग:
टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ। यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ। एजेन्सी