यी हुँन मुटुका बिरामीले खानै नहुने चिजहरु - Chaitanya News
  • 2026-05-05
  • 16:43:20
  • मंगलबार,बैशाख २२, २०८३
  • यी हुँन मुटुका बिरामीले खानै नहुने चिजहरु

    यी हुँन मुटुका बिरामीले खानै नहुने चिजहरु

    एजेन्सी– मुटुका बिरामीले आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। राम्रो खानपानले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।

    यस्तोमा यदि तपाईं मुटुको बिरामी हुनुहुन्छ भने केही चीजको सेवन बन्द गर्नुपर्दछ। किनकी मुटुको बिरामीले यस्ता चीज खाँदा हृदयघातको सम्भावना बढाउँछ।

    नुन:
    नुन धेरै खाँदा रक्तचाप बढ्न थाल्छ। रक्तचाप बढेपछि मुटुसम्बन्धी रोग पनि बढ्न थाल्छ। त्यसैले यदि मुटुलाई स्वस्था राख्नु छ भने भोजनमा धेरै नुनको सेवन नगर्नुहोस्।

    मैदा:

    मैदाले कोलेस्ट्रोल बढाउँछ। शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दा हृदय घातको खतरा बढेर जान्छ। यस्तोमा ब्रेड, बर्गर, पिज्जा, चाउमिन जस्ता चीजको सेवन गर्नु हुँदैन।

    चियाकफी:

    चिया र कफीले पनि मुटुसम्बन्धी रोग बढाउन सहयोग गर्छ। अत्यधिक मात्रामा चिया वा कफी पिउँदा शरीरमा रक्तचाप बढ्दछ। यसले कलेजोको काम पनि कमजोर गराउँछ। जसले गर्दा हृदयघातको समस्या बढ्न सक्छ।

    बेक्ड फुड:

    मुटुलाई स्वस्थ राख्नका लागि केक, ब्रेड, बिस्कुट, चिप्स जस्ता बेक्ड गरिएका खानेकुरा सेवन गर्नु हुँदैन। यसमा मैदा र चिनीको धेरै नै प्रयोग गरिएको हुन्छ जो मुटुका लागि एकदमै हानिकारक हुन्छ।

    चिनी:

    मुटुका बिरामीले गुलियो चिज खानबाट पनि बच्नु पर्छ। चिनीले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जो मुटुका लागि हानीकारक हुन सक्छ।