एजेन्सी– जाडोको मौसममा मकैको रोटी खानु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। मकैको रोटी स्वादिष्ट हुनुका साथै यसले कयौं रोगबाट पनि बचाउँछ।
मकैको रोटीमा फाइबर, भिटामिन ए, भिटामिन सी, बीटा क्यारोटीन तथा भिटामिन ई जस्ता पोषक तत्व पाइन्छन्।
मकैको रोटी आँखाका लागि पनि एकदमै फाइदाजनक हुन्छ। यसको पिठोमा पाइने बीटा क्यारोटिन तथा भिटामिन ए जस्ता पोषक तत्व आँखाका लागि फाइदाजनक हुन्छन्।
मकैको रोटी खाँदा शरीरको कमजोरी पनि कम हुन्छ। यसले एनिमियाबाट पनि राहत दिन्छ। मकैको रोटी खाँदा शरीरमा रक्तकोषिका निर्माण हुन्छन् जसले गर्दा शरीरमा रगतको कमी हुँदैन।
मकैको रोटीले बाथको समस्याबाट पनि बचाउँछ। यसले जोर्नीहरुको दुखाई पनि ठिक हुन्छ।
त्यस्तै मकैको रोटी मुटुका लागि पनि एकदमै फाइदाजनक हुन्छ। यो खाँदा शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम हुन्छ जसले गर्दा मुटुसँग जोडिएका समस्या कम हुँदै जान्छ।
मकैको रोटीमा फाइबरको मात्रा अत्यधिक हुन्छ जसले पेटसँग जोडिएका समस्या जस्तै अपच, कब्जियत तथा एसिडिटी कम गर्न सहयोग गर्छ।
जाडोमा मकैको रोटी खाँदा मोटोपन कम गर्न पनि सहयोग हुन्छ। मकैको रोटीमा भरपूर मात्रामा फाइबर हुन्छ जो तौल कम गर्नका लागि सहयोगी हुन्छ।