काँचो केरामा हुन्छ धेरै पोषक तत्व - Chaitanya News
  • 2026-05-05
  • 16:42:41
  • मंगलबार,बैशाख २२, २०८३
  • काँचो केरामा हुन्छ धेरै पोषक तत्व

    काँचो केरामा हुन्छ धेरै पोषक तत्व

    एजेन्सी–  काँचो केरामा पोटाशियम, भिटामिन सी र भिटामिन बी ६ जस्ता पोषक तत्व हुन्छन्। काँचो केरामा भरपूर मात्रामा फाइबर पाइन्छ।

    त्यसैले यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। यसलाई नियमित सेवन गरेर तपाईं विभिन्न रोगबाट बच्न सक्नुहुन्छ।

    तौल कम गर्नका लागि काँचो केरा खानु राम्रो विकल्प हो। किनकी यसमा हुने फाइबरले पेटलाई लामो समय भरिएको महसुस गराउनेछ जसले गर्दा तपाईंलाई तुरुन्तै अन्य केही खानेकुरा खान मन लाग्दैन।

    काँचो केराले पाचन प्रणाली पनि सुधार्छ । यस्तै मधुमेहका बिरामीका लागि पनि काँचो केरा फाइदाजनक हुन्छ।

    शरीरका लागि भिटामिन बी ६ को मात्रा पनि एकदमै जरुरी हुन्छ। त्यसैले यसको सेवन गर्नु फाइदाजनक हुन्छ। यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ।

    त्यस्तै यसमा पोटाशियमको मात्रा पनि हुने भएकाले मांसपेशीलाई सक्रिय गराउँछ। जसले गर्दा शरीरमा ऊर्जा बढ्छ।

    यसलाई विभिन्न तरिकाले खान सकिन्छ। काँचो केरालाई सलादको रुपमा वा उसिनेर अचार बनाएर खान सकिन्छ।

    त्यसरी नै यसमा अन्य तरकारी मिसाएर पनि खान सकिन्छ भने बच्चालाई यसको चिप्स बनाएर खुवाउन सकिन्छ।