एजेन्सी– स्वादमा मिठो हुने किसमिस शरीरका लागि सामान्यत फाइदाजनक नै हुन्छ। तर, कतिपय अवस्थामा यसले बेफाइदा पनि गर्न सक्छ। जानौं यसका फाइदा र बेफाइदा बारे।
किसमिसमा फ्रुक्टोज र ग्लुकोजको मात्रा अत्यधिक हुन्छ, यी दुवै पोषक तत्वले शरीरलाई ऊर्जा दिने काम गर्छन्। किसमिसमा पाइने पोटाशियम तथा भिटामिन बी जस्ता पोषक तत्व कपालका लागि पनि राम्रो मानिन्छ। दैनिक रुपमा यसको सेवन गर्दा कपाल झर्ने समस्या पनि कम हुँदै जान्छ।
किसमिसमा फिनोल नामक एन्टीअक्सीडेन्ट पाइन्छ जसले छालाबाट हानिकारक कणलाई हटाउन सहयोग गर्छ। यो खाँदा दागधब्बा तथा चाउरीपनाको समस्या कम हुँदै जान्छ।
किसमिसमा प्रोनोकिल फाइटोन्यूट्रिएन्ट्स पाइन्छन् जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। त्यसैले यसको नियमित सेवनले रोग लाग्नबाट तपाईँलाई जोगाउँछ।
तर, यसका बेफाइदा पनि छन् । यसको अत्यधिक सेवनले मोटोपनको शिकार हुन सकिन्छ। किसमिस धेरै खाँदा शरीरमा क्यालोरीको मात्रा एकदमै धेरै बढ्छ, जसले गर्दा शरीरको तौल बढ्न थाल्छ।
किसमिस धेरै खानु मुटुका लागि पनि राम्रो मानिँदैन। त्यस्तै यसले कलेजोलाई पनि नोक्सान पुर्याउन सक्छ। त्यसैले यदि पहिले नै मुटु तथा कलेजो सम्बन्धी कुनै समस्या छ भने सीमित मात्रामा मात्र किसमिस खानु पर्छ।