१– जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।
२–बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने।
३–रुघा लागेको मान्छेसँग घुलमिल नगराउने।
४–बासी खानेकुरा नखुवाउने।
५– चिसो चिज सकेसम्म नदिने।
६–उमालेको पानी पिउन दिने।
७–बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने।
८– बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने।
९– कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने।
१०– घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।
११–जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।
१२– बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
१३– सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।
१४– तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्। ऐजेन्सीको सहयोगमा