लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत-वैदेशिक लगानी ;पोर्टफोलियो र प्रत्यक्ष) - Chaitanya News
  • 2026-05-04
  • 12:28:44
  • सोमबार,बैशाख २१, २०८३
  • लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत-वैदेशिक लगानी ;पोर्टफोलियो र प्रत्यक्ष)

    लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत-वैदेशिक लगानी ;पोर्टफोलियो र प्रत्यक्ष)

     

    वैदेशिक लगानी

    • नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवाको उत्पादनमा विदेशी भूमिका लगानीकर्ताले पुँजी, प्रविधि र स्रोतसाधनमा गरेको योगदान/लगानिलाई वैदेशिक लगानी भनिन्छ ।
    • विदेशी लगानी नाफा, स्रोत, दक्षता र बजार खोज्ने रणनीतिबाट प्रेरित हुन्छ ।
    • विदेशि लगानि तथा प्रविधि हस्तान्त्रण ऐन २०७५ का अनुसार वैदेशिक लगानी भन्ननाले विदेशी लगानी कर्ताले उद्योग वा कम्पनिमा गरेको देहायको लगानी सम्झनु पर्छ
    1. विदेशी मुद्रामा गरिने शेयर लगानी
    2. उद्योगमा विदेशी मुद्रा वा शेयरबाट प्रप्त लाभांश रकमको पुन लगानी
    3. लिज लगानी: पनिजहाज हवाइजहाज मेशिन आदीमा विदेशिले गरेको लगानी
    4. पूँजी लगानी कोषमा गरेको लगानी
    5. धितोपत्रको दोस्रो बजार मार्फत सूचिकृत धितोपत्रमा गरेको लगानी
    6. नेपालमा संस्थापना भएको कम्पनीको शेयर वा सम्पत्ति खरिद गरी भएको लगानी
    7. नेपालमा संस्थापित उद्योग वा कम्पानी विदेशी पूँजी बजारमा धितोपत्र जारी गरी बैकिङ्ग प्रणाली मार्फत प्रप्त लगानी
    8. प्रविधि हस्तान्त्रणद्धारा भएको लगानी
    9. नेपालमा उद्योग स्थापना र विस्तार गरी भएको लगानी ।

    वैदेशिक लगानीलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ ।

    • प्रत्यक्ष वैदेशिक लगानी (FDI):
      • कुनै एक मुलुकको व्यक्ति वा कम्पनीले अन्य मुलुकमा उद्योग, व्यापार, व्यवसाय विस्तार वा स्थापना गर्न गरेको लगानीलाई नै प्रत्यक्ष वैदेशिक लगानी भनिन्छ ।
      • सामान्यतया प्रत्यक्ष वैदेशिक लगानी कुनै पनि उद्योग वा नीकायको कुल पूँजीको १० प्रतिशत वा सो भन्दा माथि हुने गर्दछ ।
      • प्रत्यक्ष वैदेशिक लगानी गर्ने लगानी कर्ताको कम्पनिमा भोटीङ्ग अधिकार रहने गर्दछ ।
      • As per World Bank “Net inflow of investment to acquire lasting management interest (10% or more voting stock) in an enterprise operating in economy other than that of investor”.
    • Portfolio Investment:
      • दोस्रो बजार मार्फत विदेशि लगानीकर्ताले गरेको लगानिलाई पोर्टफोलियो लगानी भनिन्छ ।
      • यसमा विदेशि नागरिक वा संस्थाले अन्य देशमा जरी भएका सेयर, डीवेन्चर, वण्ड आदी खरिद गरि लाभांस प्राप्त गर्ने गर्दछन् ।
      • पोर्टफोलियो लगानिकर्ता लगानि गरेको कम्पनि वा निकायको व्यवस्थापन वा सञ्चालनमा प्रत्यक्ष संलग्नता रहन्न ।
      • यसले दिर्गकालिन उद्देश्य नराखि छोटो समयमा लगानि गरी मुनाफ आर्जन गर्ने उद्दश्य राखेको हुन्छ ।

    प्रत्यक्ष वैदेशिक लगानी र पोर्टफोलियो लगानि बिचको भिन्नता

    प्रत्यक्ष वैदेशिक लगानी पोर्टफोलियो लगानी
    नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवाको उत्पादनमा विदेशी भूमिका लगानीकर्ताले पुँजी, प्रविधि र स्रोतसाधनमा गरेको लगानि दोस्रो बजार मार्फत सेयर, डीवेन्चर, वोण्डमा विदेशि लगानीकर्ताले मुनाफा आर्जन गर्न गरेको लगानि
     Financial (security, stock) and non-financial (technology, manufacturing plant) दुवै खालको लगानिलाई जनाउँदछ । Financial only.
    लगानिकर्ता प्रत्यक्ष रुपमा व्यवस्थापकिय गतिविधिमा समेत संलग्न रहने व्यवस्थापकिए गतिविधिहरुमा संलग्न नरहने
    धेरै स्थिर प्रकृतिको लगानि कम स्थिर प्रकृतिको हुने । ‘hot money’भन्ने गरिएको
    लगानि गरेको उद्योग बन्द वा liquidation गर्न समय लाग्ने धितोपत्र बजारमा छीट्टै स्टक बेचि liquidation गर्न सहज।

     

    नेपालमा वैदेशिक लगानिका लागि भएका व्यवस्था

    संवैधानिक प्रावधान

    • धारा ५१ को राज्यका नीतिहरु अन्तर्गत (घ)मा अर्थ उद्योग र वाणिज्य सम्बन्धि नीतिमा राष्ट्रिय हित अनुकुल आयात प्रतिस्थापन निर्यात प्रवर्धनका क्षेत्रमा वैदेशिक पूँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्दै पूर्वाधार विकासमा प्रोत्साहान एवं परिचालन गर्ने भनि उल्लेख गरिएको

    कानूनी प्रावधान

    • विदेशि लगानि तथा प्रविधि हस्तान्त्रण ऐन २०७५:

    मुलुको आर्थिक समृद्धिका लागि उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी, सुदृढ तथा रोजगारउन्मुख बनाउन र उत्पादन वृद्धि गरि आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र पूर्वाधार विकास तथा वस्तु वा सेवाको उत्पादनका क्षेत्रमा विदेशी पूँजी, प्रविधी र लगानीलाई आकर्षित गर्न लगानी मैत्री वातावरण सिर्जना गर्दै औद्योगिकीकरण मार्फत दीगो आर्थिक वृद्धि हासिल गर्न ।

    • सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५:
      • प्रधानमन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न लगानी बोर्ड (६ अर्ब भन्दा माथिका)
      • परियोजना सर्भेक्षण अनुमति, समझदारी पत्र, लगानी अनुमति वा सम्झौता लगायतका कार्य गर्न एकल बिन्दु सेवा केन्द्रको व्यवस्था .
    • विशेष आर्थिक क्षेत्र ऐन २०७३
    • कम्पनी ऐन २०६३
    • औद्योगिक व्यवसाय ऐन २०७६
    • श्रम ऐन २०७४

    संस्थागत प्रावधान

    • अर्थ मन्त्रालय
    • उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय
    • लगानि वोर्ड
    • औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड
    • कम्पनि रजिष्ट्रारको कार्यालय
    • WTO, SAARC, BIMSTEC को सदस्यता
    • ६ राष्ट्रसँग BIPPA सम्झौता
    • ११ राष्ट्रसँग DTAA सम्झौता

    नेपालमा वैदेशिक लगानिका लागि भएका सकारात्मक प्रयास/ प्रावधान

    • सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५: एकल बिन्दु सेवा केन्द्र
    • विदेशि लगानि तथा प्रविधि हस्तान्त्रण ऐन २०७५:
      • लगानी तथा अर्जित रकम फिर्ता लैजान पाउने व्यवस्था
      • लगानि स्विकृति: लगानि बोर्ड (६ अर्ब भन्दा माथि), उद्योग विभाग
    • श्रम ऐन २०७४: विदेशि मुद्रामा तलब भत्तको व्यवस्था र तलबबाट आर्जित रकम फिर्ता लैजान पाउने
    • विश्वका उदयमान अर्थतन्त्र भारत र चिनका बिचमा रहेको
    • जनसांख्यिय लाभांस
    • प्रकृतिक श्रोतले भरिपूर्ण

     

    नेपालमा वैदेशिक लगानीको महत्व वा आवश्यकता

    • आर्थिक वृद्धी र विकास
    • स्रोत अन्तरलाई पुर्ति गर्नको लागि
    • रोजगारीका अवसर सृजना गर्न
    • आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन मार्फत व्यापार घाटा न्यूनिकरण गर्न
    • प्रविधि हस्तान्त्रण मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न
    • विदेशि मुद्रा सञ्चिति र भुक्तानि सन्तुलनमा सकारात्मक प्रभाव पर्न
    • सरकारको राजस्वमा वृद्धि ल्याउन
    • पूर्वाधार विकस
    • औद्योगिकरणलाई तिब्रता दिन

    नेपालमा प्रयाप्त वैदेशिक लगानि भित्र्याउन नसकिनुका कारणहरु

    • लगानि स्विकृतिमा प्रक्रियागत जटिलताले गर्दा लामो समय लाग्ने गरेको
    • लगानि फिर्ता र नाफा फिर्तामा अनावश्यक जटिलता
    • वैदेशिक लगानिलाई अनावश्यक राजनिति मुद्दा वनाइ लवरोध सृजना गर्नु
    • पूँजि बजारको विकस अपेक्षित रुपमा हुन नसकेको
    • औद्योगिक सुरक्षा र सुशासनको प्रत्याभुति दिलाउन नसकिएको
    • आर्थिक कुटनिति मार्फत लगानिकर्तालाई आकर्षण गर्न नसकिएको
    • औद्योगिक पुर्वाधारकव पर्याप्त व्यवस्था गर्न नसक्नु
    • औद्योगिक दक्ष जनशक्तिको अभाव रहनु
    • लगानि सुरक्षाको प्रयाप्त आधार तथा वातावरण निर्माण हुन नसक्नु

    वैदेशिक लगानिले पार्ने नकारात्मक प्रभाव

    • साना तथा घरेलु उद्योग प्रतिष्पर्धा गर्न नसकि बन्द हुने
    • परम्परागत सीप ज्ञान र प्रविधि लोप हुने खतरा
    • प्रकृतिक स्रोत साधन माथि दोहन बढ्ने
    • सामाजिक सांस्कृतिक विश्रृंखलता बढ्ने
    • आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप बढ्ने
    • देशबाट ठुलो रकम वाहिरिने

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100