राति मोबाइल चलाउनु हुन्छ? ख्याल गर्नुहोस् देखिन सक्छन यस्ता समस्या - Chaitanya News
  • 2026-07-17
  • 08:06:14
  • शुक्रबार,साउन ०१, २०८३
  • राति मोबाइल चलाउनु हुन्छ? ख्याल गर्नुहोस् देखिन सक्छन यस्ता समस्या

    राति मोबाइल चलाउनु हुन्छ? ख्याल गर्नुहोस् देखिन सक्छन यस्ता समस्या

    काठमाडौँ– आजभोलि स्मार्टफोन नचलाईकन कसैको पनि दिन कट्दै । अवस्था यस्तो छ कि राति सुत्ने बेलामा पनि धेरैजसो मानिसहरू फोनमै टाँसिएर बसिरहेका हुन्छन्। तर यस्तो गर्नु स्वास्थ्यको लागि राम्रो होइन। विशेषगरी राति सुत्ने बेलामा स्मार्टफोन प्रयोग गर्नबाट सकेसम्म आफूलाई जोगाउनु होस्।

    ब्लु लाइट एक्सपोजरः

    स्मार्टफोनबाट ब्लु लाइट ९निलो प्रकाश० निस्किन्छ। यसले शरीरको सर्काडियन रिदममा अवरोध उत्पन्न गराएर मेलाटोनिनको उत्पादनमा दबाब सृजना गर्न सक्छ। मेलाटोनिन निद्रालाई नियमन गर्ने हर्मोन हो। सुत्ने बेलामा ब्लु लाइटको एक्सपोजरले निद्रामा बाधा पुर्‍याउँछ र निद्राको स्तरमा पनि नकारात्मक प्रभाव पार्न सक्छ।

    निद्रामा खललः

    सुत्नु अघि स्मार्टफोनको प्रयोगका कारण दिमाग सक्रिय भइरहन्छ र सुत्न समस्या हुन थाल्छ। तपाईँले फोनमा इमेल चेक गरिरहनु भएको छ वा सामाजिक सञ्जाल चलाइराख्नु भएको छ वा गेम खेलिरहनु भएको छ भने यस्तोमा तपाईँको दिमाग सक्रिय भइरहन्छ। रिल्याक्स भएर सुत्नमा समस्या हुन सक्छ।

    बढ्न सक्छ तनाव:

    सुत्नुअघि फोनमा झुन्डिरहँदा प्रयोगकर्ताको तनावको स्तर बढ्न सक्छ। विशेषगरी सामाजिक सञ्जालमा कसैसँग कुरा गरिरहनु भएको छ वा कुनै नकारात्मक कन्टेन्ट हेरिरहनु भएको छ भने यसले तपाईँको तनावको स्तर बढाउन सक्छ । एङ्गजाइटी गराउन सक्छ।

    आँखाको समस्या:

    तपाई लामो समयसम्म फोन चलाउनु हुन्छ। खास गरी सुत्नुअघि अलि कम उज्यालो वा अँध्यारोमा मोबाइल चलाउनु हुन्छ भने स्क्रिन र आसपासको कन्ट्राष्टलाई एड्जष्ट गर्न आँखाले सामान्य भन्दा धेरै मेहनत गर्नुपर्छ। अँध्यारोमा ढिलासम्म स्मार्टफोन चलाउँदा आँखा सुख्खा हुने, चिलाउने, पोल्ने जस्ता अनेकौँ समस्या निम्तन सक्छ।

    निद्रा नलाग्ने समस्यास्:

    ओछ्यानमा स्मार्टफोनको प्रयोगले अनिद्राको खतरा बढ्छ। फोनमा एकपछि अर्को गर्दै फरक–फरक खालको जानकारी हेरिरहँदा दिमाग शान्त हुन पाउँदैन। यस्तोमा निद्रा नआउने समस्या बढ्न थाल्छ।

    स्लिप हाइजिनलाई राम्रो बनाउन विज्ञहरुले सामान्यतः किताब पढ्न, मनतातो पानीले नुहाउन वा रिल्याक्सेशनका तरिका अपनाउने जस्ता गतिविधिमा संलग्न हुन सुझाव दिने गरेका छन्।एजेन्सी