आधा दर्जन बढी सचिवहरूको सरुवा, पर्यटन सचिवमा डा. काफ्ले - Chaitanya News
  • 2026-11-19
  • 13:09:09
  • बिहिबार,मंसिर ०४, २०८३
  • आधा दर्जन बढी सचिवहरूको सरुवा, पर्यटन सचिवमा डा. काफ्ले

    आधा दर्जन बढी सचिवहरूको सरुवा, पर्यटन सचिवमा डा. काफ्ले

    काठमाडौँ– सरकारले आधा दर्जन बढी सचिवहरूको सरुवा गरेको छ।आज (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा निकायका सचिवहरूसहित प्रदेश प्रमुख सचिवको सरुवा गरेको हो।

    खानेपानी मन्त्रालयका सचिव राम आधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ भने त्यहाँका सचिव सुरेश आचार्य खानेपानीमा ल्याइएको छ

    यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ(जलस्रोत तथा सिँचाई) सचिव गोपालप्रसाद सिग्देल ऊर्जा, जलस्रोत तथा सिँचाइ(ऊर्जा), जल तथा ऊर्जा आयोगका सचिव सुशिलचन्द्र तिवारी सिँचाइ मन्त्रालय र केही दिन अघि मात्रै बढुवा भएकी सरिता दवाडी ऊर्जा आयोगमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए।

    त्यस्तै कोशी प्रदेशका प्रमुख सचिव डा। दिपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यहाँका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय सरुवा गरिएको छ।

    सरुवा भएका सचिवहरूको पत्र भोली मात्रै बन्ने छ। यद्यपी अन्तिम चरणमा पत्र बनाउँदै गर्दा केही फेरबदल नहोला भन्न भने सकिँदैन।

    पछिल्लो समय कामको मूल्याङ्कनका आधारमा सचिवहरू खटनपटन हुनुपर्ने बताइँदै आइएको भए पनि कार्यान्वयनमा भने त्यसो हुन सकिरहेको देखिँदैन। तर, नतिजा आएन भनेर भन्न पनि छुटाउँदैनन्।