सातामा पाँच दिन खानुहोस् यस्ता फलफूल, मिल्नेछ शरीरलाई फाईदा - Chaitanya News
  • 2026-07-17
  • 08:06:15
  • शुक्रबार,साउन ०१, २०८३
  • सातामा पाँच दिन खानुहोस् यस्ता फलफूल, मिल्नेछ शरीरलाई फाईदा

    सातामा पाँच दिन खानुहोस् यस्ता फलफूल, मिल्नेछ शरीरलाई फाईदा

    काठमाडौं– अमेरिकी वैज्ञानिकहरूले लामो आयुको लागि हप्तामा पाँच दिन लगातार चार सय ग्राम फलफूल र सागसब्जी खान सुझाएका छन्।

    दिनहुँ यस्ता खानेकुरामा सन्तुलन मिलाउन सक्यौँ भने क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्छौँ। वैज्ञानिकका अनुसार दैनिक एक सय ६० ग्राम फलफूल र दुई सय ४० ग्राम सागपात खाएपछि व्यक्तिको आयु लम्बिन्छ। निरन्तर पाँच दिनसम्म खानपानमा ध्यान दिएपछि यसको प्रभाव देखिन थाल्छ।

    विश्वभर २० लाख मानिसमा गरिएको सर्वेक्षणमा यो कुरा पत्ता लागेको हो। खानपानमा व्यवस्थापन गर्न सके मृत्युको जोखिमलाई न्यूनीकरण गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन्। उक्त सर्वेक्षणका अनुसार फलफूल र तरकारीले आयु बढाउनुका साथै हृदय घात र क्यान्सर रोगबाट पनि बच्न सकिन्छ।

    अमेरिकन हार्ट एसोसियसनको प्रमुख पत्रिकामा प्रकाशित अनुसन्धान रिपोर्टका अनुसार हामीले दिनहुँ खाने कुनै तरकारी स्वास्थ्यको लागि अस्वस्थकर हुन्छन्। जस्तैः आलु, मकैबाट बनेका खानेकुराहरू। यी खानेकुरामा स्टार्च धेरै मात्रामा पाइने भएकाले अन्य फाइदा पुर्‍याउने सागसब्जिलाई मिसावट गरेर खान मिल्दैन।

    पछिल्लो २० वर्षदेखि विश्व स्वास्थ्य संगठनको सल्लाहमा बेलायतको नेशनल हेल्थ सर्भिसेसले मानिसहरूलाई स्वस्थ रहन आग्रह गरिरहेको छ। मानिसलाई पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग र मोटोपनलाई नियन्त्रण गर्न जानकारी दिइरहेको छ। अध्ययनअनुसार १० जनामध्ये एक जनाले मात्र शरीरलाई चाहिने पौष्टिक तत्त्वयुक्त खानेकुरा खाइरहेका छन्।

    अमेरिकन हेल्थ एजेन्सी सिडिसीका अनुसार अमेरिकामा दश जनामध्ये एक व्यक्तिले पर्याप्त मात्रामा फलफूल खान्छन्। त्यसैसरि बेलायतमा एकैसाथ १७ प्रतिशत मानिसहरूले फलफूल, सागसब्जीको प्रयोग गरिरहेका छन्। वैज्ञानिकका अनुसार स्वस्थकर खाना खाने यो जनसंख्या एकदम कम हो। लामो आयु लागि र रोगबाट बच्न स्वस्थकर खाना खाने बानी बसाल्नु पर्छ।

    आफ्नो नियमित खानेकुरामा विशेष जोड दिनुपर्छ। दैनिक खानपानमा पातझारयुक्त सब्जि, पालक, रायोको साग, गाजर समावेश गर्नुपर्छ। यसका साथै भिटामिन सी पर्याप्त मात्रामा पाइने फल सुन्तला, जुनारले धेरै फाइदा गर्छ। वैज्ञानिकका अनुसार यी फलफूलको जुस बनाएर खानुको सट्टा सिधै खाएपछि बढी प्रभावकारी हुन्छ। जुस बनाएर खाएपछि मधुमेह बढ्न सक्ने भएकोले सामान्य तरिकाले खानु उत्तम हुन्छ।

    एजेन्सीको सहयोगमा