लोकसेवा उपयोगी सामग्री [२५] - Chaitanya News
  • 2026-06-05
  • 06:34:52
  • शुक्रबार,जेठ २२, २०८३
  • प्रश्नः सम्पत्ति शुद्धीकरणका स्रोतहरू लेख्नुहोस् र सम्पत्ति शुद्धीकरणबाट पर्न सक्ने प्रभावहरूको विवेचना गर्नुहोस् ।

    उत्तरः 

                   सम्पत्ति शुद्धीकरणः  स्राेत र प्रभाव
    गैरकानुनी ढङ्गबाट आर्जन गरेको कुनै पनि किसिमको सम्पत्तिलाई वैध प्रक्रिया अपनाई शुद्ध बनाउने कार्य वा प्रक्रियालाई सम्पत्ति शुद्धीकरण भनिन्छ।

    सम्पत्ति शुद्धीकरणका श्रोतहरूः
    सम्पत्ति शुद्धीकरणका श्रोतहरूलाई विश्वव्यापी अनुभवका आधारमा निम्नानुसार उल्लेख गर्न सकिन्छः

    • आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी,
    •  विभिन्न प्रकारका बहुमूल्य सामानहरूको तस्करी,
    •  भ्रष्टाचारजन्य क्रियाकलापबाट आर्जित सम्पत्ति,
    •  गैर कानुनी विदेशी विनिमय,चिट्ठा ठगी, अवैधानिक क्यासिनो तथा लागु औषध कारोबार,
    • व्यक्ति अपहरण गरी सौदाबाजीबाट प्राप्त फिरौती,
    • चोरी डकैती, सीमा तस्करी तथा माफिया सञ्चालन,
    • जबरजस्ती चन्दा संकलन तथा ठगीबाट प्राप्त धन,
    •  मानव तस्करी तथा बहुमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी,
    • वेश्यावृत्तिबाट प्राप्त रकम तथा अवैध हातहतियार कारोबार ।

     

    सम्पत्ति शुद्धीकरणबाट पर्न सक्ने प्रभावहरूः

    सम्पत्ति शुद्धीकरणबाट समाज र राष्ट्रको हितमा नकारात्मक प्रभावहरू पर्ने गर्दछन्, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः
    (क) सामाजिक प्रभाव (समाजमा पर्ने प्रभाव)

    •  सामाजिक मूल्य, सामाजिक संरचना, प्रजातान्त्रिक संस्थाहरू कमजोर हुँदै जाने
    •  कानुनी राज्य, सुशासनका अभ्यासहरू, सामाजिक पद्धति ध्वस्त हुँदै जाने,
    •  इमान्दार सामाजिक कार्यकर्ता, सामाजिक परिचालक निरुत्साहित हुँदै जाने,
    • सामाजिक द्वन्द्व, तनावको स्थितिमा बढोत्तरी हुने,
    • कर चूहावटरछली भई सामाजिक भलाइमा परिचालन गर्न नसकिने।

    (ख) आर्थिक प्रभाव (अर्थतन्त्रमा पर्ने प्रभाव)

    • हुने र नहुने बीचको खाडल बढ्दै जाने,
    •  मुद्रास्फितिको अवस्था नियन्त्रण भन्दा बाहिर जाने,
    • सजिलै सम्पत्ति आर्जन हुने र शुद्धीकरण गर्न सकिने क्षेत्रमा लगानी बढ्ने,
    •  उद्योगधन्दाको विकास भन्दा शिघ्र मुनाफा कमाउने व्यापार व्यवसायमा लगानी बढ्ने,
    •  बजारमा तरलता अप्रत्यासित रूपले घट्ने र बढ्ने हुने,
    •  अर्थतन्त्रमा अवैध मुद्रा तथा विदेशी मुद्राको प्रवाह बढ्न सक्ने,
    • मुलुकको अर्थव्यवस्था तहसनहस हुन सक्ने,
    • एकाधिकार र कालोबजारी बढ्ने तथा कृत्रिम अभावको सिर्जना हुने।

    (ग) राजनैतिक प्रभाव (राजनैतिक क्षेत्रमा पर्ने प्रभाव)

    •  निर्वाचनमा अपराधिक धनको बढी प्रयोग हुन सक्ने,
    • कालो धनको प्रयोगबाट लोकतान्त्रिक मूल्यहरू धरासायी हुन सक्ने,
    • राजनीतिमा भ्रष्टचार तथा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्ने,
    •  विद्रोह, अशान्ति तथा आतंकवादमा मुलुक फस्न सक्ने,
    •  राजनीतिको निर्णय लिने क्षमता तथा प्रक्रिया नै कमजोर हुने।

    (घ) अन्य प्रभाव

    • ठूलो परिणामको सम्पत्ति थोरै अपराधीको हातमा पुग्ने,
    • राष्ट्रिय आम्दानी, वचत तथा लगानी कम हुँदै जाने,
    • विभिन्न प्रकारका आपराधिक क्रियाकलाप हुने,
    • सबै क्षेत्रमा गलत क्रियाकलापमा संलग्न हुनेहरू उत्साहित हुने ।

     

    निष्कर्ष:
    सम्पत्ति शुद्धीकरण समकालीन विश्वको जल्दोबल्दो संगठित अपराध हो ।नेपालमा समेत गैर कानुनी प्रक्रियाबाट कमाएको सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढिरहेको सरकारी तथ्याङ्क छ। तसर्थ, समयमै यसतर्फ ध्यान दिई आवश्यक कानुनी,संस्थागत र नीतिगत उपायहरूको अवलम्बन गरी यसले पार्ने प्रभावहरूलाई नियन्त्रण गर्न यसका स्रोतहरूमै प्रहार गर्नु वाञ्छनीय देखिन्छ ।

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

       Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100