एजेन्सी– धनियाँको चटनीको स्वाद त तपाईं सधैं खाइरहनु भएको छ र मन पनि पर्छ। तर तपाईंले कहिल्यै मेथीको चटनी बनाएर खानु भएको छ? मेथी दाना स्वादमा तितो हुन्छ। त्यसैले सुन्दा यसको चटनी खासै स्वादिष्ट हुँदैन जस्तो लाग्न सक्छ। तर एकपटक बनाएर खानुभयो भने तपाईं सधैं बनाउनुहुनेछ।
यो चटनीले तपाईंका पेटका धेरै समस्याहरुबाट मुक्त गराउनेछ। ग्यास, कब्जियत आदिमा यसको सेवन गर्न सकिन्छ। मेथी दानाको चटनी वास्तवमै एकदमै स्वादिष्ट हुन्छ। एकपटक अवश्य बनाएर खानुपर्दछ।
यस्तो छ बनाउने तरिका:
सबैभन्दा पहिला मेथी दानालाई एउटा कचौरामा पानीमा एक घण्टाका लागि भिजाएर राख्नुहोस्। यसले तितोपन निस्कन्छ र मेथी भिजेर मुलायम हुन्छ।
त्यसपछि ग्यासमा एउटा प्यान राख्नुहोस् र यसमा दुई चम्चा तोरीको तेल राखेर तताउनुहोस् र यसमा जिरा, अदुवा तथा सोंफ रोखेर भुट्नुहोस्।