मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्वादिष्ट भोजन पाइनेछ। नयाँ ज्ञान, सीप र कार्यको योजना बन्ने छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। बोलीको प्रभाव पनि बढ्ने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
दिन सामान्य राम्रो छ। अनावश्यक यात्रा हुनसक्छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। जोश, जाँगरमा पनि कमी ल्याउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्ने छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज कार्य सम्पादनमा सहजता मिल्ने छ। मित्रबाट विशेष सहयोग मिल्ने छ। शुभकार्यको चर्चा चल्ने छ। रमाइलो यात्राको योग समेत रहेको छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्ने छ।
वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
धर्म कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आस मारेको काम बन्नेछ। अरुको मन जित्न सकिने छ। दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनैतिक कार्यमा सफलता मिल्ने छ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज न्यायिक कार्यमा सफलता मिल्ने छ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्ने छन्।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
न्यायिक कार्यमा सफलता मिल्ने छ। दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला। उपहार र मान सम्मान पनि पाइन सक्छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज बौद्धिक काममा सफलता मिल्ने छ। कला र गलाको प्रभाव बढ्ने छ। कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्ने छ।