1. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
A.सरकारी लेखाविधि 1. प्रोदभावी
B. नयाँ श्रेष्ता प्रणाली लागु हुनु अघिको श्रेष्ता प्रणाली 2. भुक्तानी लेखाविधि
C. खाताहरुको लागि फारामहरु 3. बैंक नगदी किताब
D.व्यवसायिक लेखाविधि 4. नगदमा आधारित
A) a4,b2,c1,d3 B) a4,b2,c3,d1 C) a4,b3,c1,d2 D) a3,b1,c2,d4
2. तल दिइएको कुन प्रतिवेदनले व्यवसायको व्यापारिक लगानी तथा वित्तीय कारोबारहरुबाट नगद प्राप्त र भुक्तानीको स्थिति जानकारी दिन्छ ?
A. नगद प्रवाह विवरण B. कोष प्रवाह विवरण C. आर्थिक कारोबार D. वित्तिय कारोबार
3. लेखा विधि सुचना प्रक्रियामा अन्तिम चरण कुन हो ?
A,तथ्यांकको अभिलेख राख्ने B.वित्तीय विवरणको रुपमा साराशं प्रस्तुत गर्ने
C. सुचना प्रवाह गर्ने D. सूचनाको विश्लेषण तथा मुल्यांकन गर्ने
4. खर्च र नोक्शान डेविट तथा आम्दानी र फाईदा क्रेडिट गरिने नियम कुन खातासँग सम्बन्धित रहेको छ ?
A.व्यक्तिगत खाता B. वास्तविक खाता C. अवास्तविक खाता D.माथिका सबै सँग
5. नाफा नोक्शान, आयव्यय आदि देखाउने विवरण देहायका मध्ये कुन हो ?
A. आय विवरण B. वासलात C. नाफानोक्शान खाता D. भुक्तानी प्राप्ति
6. तलका मध्ये मौद्रिक नीतिको उपकरण कुन चाहि होईन ?
A.बैंक दर B.अनिवार्य नगद अनुपात C. खुल्ला बजार कारोबार D.ऋण परिचालन
7. उच्च मुद्रास्फीति तलका मध्ये कुन चाही अवस्थासँग सम्बन्धित छ ?
A. निर्यातमा हुने वृद्धि B. कुल खर्चमा हुने कमी
C. स्वदेशी मुद्राको अधिमुल्यन D. मुद्राको आपुर्तिमा हुने तीव्र
8. नेपाल सरकारको खर्चको लेखालाई के भनिन्छ ?
A. विनियोजन लेखा B. धरौटी लेखा C. राजस्व लेखा D. सार्वजनिक निर्माण लेखा
9. कम्पनीको प्रबन्ध पत्रमा उल्लेख गरिएको पँजीलाई के भनिन्छ ?
A.जारी पूँजी B.चुक्ता पूँजी C.अधिकृत पुँजी D. प्रार्थीत
10. विप्रेषणले विप्रेषण गरि ल्याएको विदेशी मुद्रा देशगत तथा फर्म वा कम्पनी रुपमा विवरण तयार गरि मासिक रुपमा महिना समाप्त भएको कति दिनमा समाप्त भएको कति दिन भित्रमा विभागमा पेश गर्नुपर्दछ ?
A. हरेक हप्ता B.१५ दिन भित्र C. प्रत्येक महिनाको पहिलो आईतबार D. ५ दिन भित्र
11. बैंक तथा वित्तीय संस्थाको संचालकको विषयमा ५ देखि ७ जना संचालक हुने व्यवस्था छ भने सो समितिमा एकैपटक एकै परिवारका बढीमा कति जना संचालक हुन सक्छन ?
A. १ जना B. ३ जना C. २ जना D.४ जना
12. नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार नेपाल राष्ट्र बैंकको संचालक समितिको अध्यक्ष को रहने व्यवस्था छ र उक्त समितिमा अध्यक्ष र सदस्यहरु गरि जम्मा कति जना रहने व्यवस्था रहेको छ ?
A. गर्भनर, ७ जना B. गर्भनर, ८ जना C. गर्भनर, ९ जना D. गर्भनर, ५ जना
13. सम्पति सुद्धिकरण निवारण ऐन, २०६४ अनुसार ग्राहक तथा वास्तविक धनिको पहिचान तथा सम्पुष्टि सम्बन्धी अभिलेख कति वर्ष सम्म दुरुस्त रुपले व्यवस्थित तथा सुरक्षित राख्नुपर्दछ ?
A. ५ वर्ष B. ६ वर्ष C.७ वर्ष D. १० वर्ष
14. पुर्वाधिकार विकास बैंकको चुक्ता पूँजी कति रहेको छ ?
A. १० अर्ब B. १५ अर्ब C. २० अर्ब D. २५ अर्ब
15. बैंकमा कल निक्षेप बाहेक ब्याज प्रदान गरीने निक्षेपहरु बीचको ब्याजदर अन्तर कति भन्दा बढी हुनु हुदैन ?
A. ५ प्रतिशत B. ४.५ प्रतिशत C. ४.४ प्रतिशत D.६ प्रतिशत
16. महादेश र विशेषता वीच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महादेश विशेषता
A.एशिया महादेश 1.संसारको चिडियाखाना
B. अफ्रिका महादेश 2. विषमताको महादेश
C.उत्तर अमेरिका 3. सर्पहरुको महादेश
D. दक्षिण अमेरिका 4. त्रिभुजकार आकार
A) a1,b2,c3,d4 B) a3,b1,c2,d4 C) a4,b2,c3,d1 D) a2,b1,c4,d3
17. फ्रान्सेली राज्यक्रान्तिको नारा के रहेको थियो ?
A.समानता, स्वतन्त्रता, र भातृत्व B. मुत्यु देउ वा स्वतन्त्रता
C. समानता, स्वतन्त्रता र सुखको खोजी D.एक जार, एक चर्च र एक फ्रान्स
18. राणाकालीन तेजारथ अडडको स्थापना कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
A.जंगबहादु राणा B. रणोद्दिप सिंह C. भीमशमशेर D. वीरशमशेर
19. नेपालको इतिहासमा संविधान सभाको पहिलो निर्वाचन कहिले सम्पन्न भएको थियो ?
A. वि.स २०६३ चैत्र २८ B. वि.स २०६४ चैत्र २८
C. वि.स २०६५ चैत्र २८ D. वि.स २०६६ चैत्र २८
20. “ नासो ’ कथा संग्रहका लेखक को हुन ?
A. भीमनिधि तिवारी B.गुरुप्रसाद मैनाली C.पुस्कर शमशेर जबरा D. बालकृष्ण सम
उत्तरहरुः
1. B 11. A
2. A 12. A
3. C 13. A
4. C 14. C
5. B 15. A
6. D 16. D
7. D 17. A
8. A 18. B
9. C 19. B
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100