एजेन्सी– जाडोको मौसम चलिरहेको छ। यसक्रममा तातो कपडा लगाउनुका साथै घरलाई न्यानो बनाइराख्न पनि जरुरी छ।
आज हामी केही त्यस्ता तरिका बताउनेछौं जसले बिना हिटर पनि घरलाई न्यानो बनाउन सक्नेछ।
जाडोको मौसममा घर तातो बनाउनका लागि गाढा तथा चम्किला रंगका कुशन प्रयोग गर्नुहोस्। यसले घरको सुन्दरता बढ्नुका साथै तातो पनि रहन्छ।
रातको समयमा आफ्नो कोठालाई तातो राख्न ठाउँठाउँमा रंगिविरंगी मैनबत्ती जलाउनुहोस्। यसले घरमा तापक्रम बढाउँछ।
जाडोको मौसममा ऊनी, फक्स तथा मखमलका कुशनको प्रयोग गर्नुहोस्। यसको प्रयोगले चिसो महसुस हुँदैन।
त्यस्तै जाडोमा भुईंको लागि न्यानो खालका गलैंचा वा दरी बिछ्याउन सक्नुहुन्छ। यसले तपाईंका खुट्टा पनि चिसा हुँदैनन्।
घरभित्र लगाउन गाढा तथा चम्किलो रंगहरु छान्न सक्नुहुन्छ। यसो गर्नाले घर प्राकृतिक रुपमै न्यानो हुन्छ।
घरका झ्याल तथा ढोकाका लागि बाक्लो पर्दाको प्रयोग गर्नुहोस्। यसले बाहिरको चिसो हावा सिधै भित्र आउँदैन।
चाडोको मौसममा घरलाई न्यानो बनाइराख्न बत्तीहरु बाल्नुहोस्। विशेषगरी न्यानो तथा अली उज्यालो बत्ती प्रयोग गर्न सकिन्छ।
दिउँसो बाहिर घाम लागेको छ भने सबै झ्यालहरु खुला राखेर तातो हावा छिर्न दिनुहोस । चिसो हावा चल्न थालेपछि बन्द गर्नुहोस।