खाली पेटमा मेवा सेवन गर्दा स्वास्थ्यका लागि निकै फाइदाजनक - Chaitanya News
  • 2026-05-06
  • 21:48:10
  • बुधबार,बैशाख २३, २०८३
  • खाली पेटमा मेवा सेवन गर्दा स्वास्थ्यका लागि निकै फाइदाजनक

    खाली पेटमा मेवा सेवन गर्दा स्वास्थ्यका लागि निकै फाइदाजनक

    काठमाडौँ– कोही काँचो मेवा खानै सक्दैनन् कोही चाहिँ अलि बढी पाकेको मेवा छुँदै छुँदैनन्। तपाईँलाई मेवा सेवनको लाभबारे थाहा छ? यसमा पाचन शक्तिका लागि लाभदायक कयौँ तत्त्व पाइन्छ। अझ यसलाई खाली पेटमा खानु त झनै फाइदाजनक छ। खाली पेटमा मेवा खाँदा यसले इम्युनिटी बुस्टरको रूपमा काम गर्छ। वास्तवमा मेवामा भिटामिन सी र ए जस्ता पोषक तत्त्व हुन्छन्। यसले इम्युन प्रणालीलाई बलियो बनाउँछ।

    मधुमेहका बिरामीले त झन् खाली पेटमा मेवा खानु पर्छ। यसमा चिनीको मात्रा निकै कम हुन्छ अनि फाइबर ज्यादा हुन्छ। यसका कारण ब्लड सुगर नियन्त्रित रहन्छ। खाली पेटमा मेवा खाँदा छालालाई पनि धेरै नै फाइदा हुन्छ। तपाई आफ्नो तौल घटाउने ध्याउन्नमा हुनु हुन्छ भने मेवा एक दम फाइदाजनक छ। खाली पेटमा मेवा खाँदा तौल घटाउन मद्दत मिल्छ।

    विज्ञहरूका अनुसार मेवामा क्यालोरी निकै धेरै हुन्छ अनि फाइबरको मात्रा पनि टन्नै हुन्छ। जसले गर्दा यो तौल कम गर्न सहायक हुन्छ। खाली पेटमा मेवाको सेवन मुटुको स्वास्थ्यका लागि पनि एक दम राम्रो हुन्छ। यसमा पाइने पोटासियम, एन्टीअक्सीडेन्टले मुटुको स्वास्थ्यलाई राम्रो राख्न मद्दत गर्छ। त्यसैले तपाईँलाई मेवा मन पर्दैन भने पनि आफ्नो स्वास्थ्यका लागि भए पनि खानुस्।