बिहान उठ्ने बित्तिकै खानै नहुने कुराहरू - Chaitanya News
  • 2026-05-06
  • 21:49:46
  • बुधबार,बैशाख २३, २०८३
  • बिहान उठ्ने बित्तिकै खानै नहुने कुराहरू

    बिहान उठ्ने बित्तिकै खानै नहुने  कुराहरू

    काठमाडौं– बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ। खानेकुराको व्यवस्थापन मिलाउन सकिएन भने एसिडिटी, ग्यास र चिसो जस्तो समस्या देखा पर्नसक्छ। यस्तो समस्याले दिनभरी मानिसको दिमागमा नराम्रो असर पार्छ र दिन बिताउन सकस हुने जस्ता समस्याले मानसिक तनाव निम्त्याउँछ। अहिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं। यसमा खानपानको अहंम हिस्सा छ।

    भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ। तर, त्यती मात्र काफी छैन। खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ। खाना खाने निश्चित तालिका छ। त्यसैगरी खाना खाने खास तरिका पनि छ। यदि तालिका र तरिका मिलाएर खाइयो भने उक्त खाना शरीरमा राम्ररी पच्छ । शरीरले त्यसबाट पोषक तत्व ग्रहण गर्छ।

    विहानको नास्ता शरीरका लागि सर्वोत्तम हुन्छ। बिहान नास्ता अर्थात ब्रेकफास्ट, जसलाई हामी स्वस्थ्य दिनचर्याको सुरुवात मान्छौं। स्वस्थ्य, तन्दुरुस्त रहने हो भने ब्रेकफास्ट गर्नैपर्छ तर, के हामीले सुनेजस्तै ब्रेकफास्ट स्वास्थ्य दिनचर्याको लागि अनिवार्य खुराक हो त? ब्रेकफास्ट गर्दा शरीरमा त्यसको कस्तो असर रहन्छ? हरेक दिनको नास्ता गर्दा २ सय ६० भन्दा बढी क्यालोरी लिनुहुनेछ। जो व्यक्ति नास्ता गर्दैनन्, त्यसको तुलनामा नास्ता गर्नेको तौल आधा किलो बढ्छ। विशेषज्ञहरुले भनेका छन्, नास्ता क्याल्शियम र फाइबरको राम्रो स्रोत हो। नास्ता गर्दा एकाग्रता र ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ। खासगरी बच्चालाई यसबाट बढी फाइदा हुन्छ।

    ब्रेकफास्टले तपाईंलाई उर्जा र जरुरी पोषक तत्व प्राप्त हुन्छ। साथै तपाईंलाई पटक–पटक खानुपर्ने आवश्यक्ता हुँदैन। थुप्रै अध्ययनले देखाएको छ कि, बिहानको नास्ताले हामीलाई स्वस्थ्य एवं निरोगी बनाउन भूमिका खेलिरहेको हुन्छ। तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यदि तौल नियन्त्रण गर्ने उपायको खोजीमा लागिरहनुभएको छ भने बिहानको नास्ता तपाईंको लागि बाधक बन्न सक्छ । अर्थात बिहानको नास्ताले तौल नियन्त्रणमा सहयोग गर्दैन । त्यसैले तौल नियन्त्रण गर्ने हो भने बिहानको नास्ता छाड्नु उपयुक्त हुन्छ । हामीले बिहान धेरै क्यालोरी लिनु हुँदैन। उनी बिहानको नास्तामा अन्न र दुध लिनुपर्छ। यसबाट शरीरलाई आवश्यक पोषक तत्व अर्थात क्याल्सियम र फाइबर मिल्छ।

    स्वास्थ्यवर्द्धक नास्ता इनर्जीका लागि तपाईं गहुँको परिकार खान सक्नुहुनेछ। साथै उसिनेको सिमी पनि उपयोगी हुन्छ। प्रोटिनका लागि टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ फ्रुट्स खान सकिन्छ। हल्काफुल्का खानाको रूपमा फल, केरा, पालक जस्ता खानेकुरा उपयोगी हुन्छ। खाली पेटमा खाँदा नराम्रो असर पर्ने खानाहरु के–के हुन्? १० कफि बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउँदा स्वास्थ्यमा नराम्रो असर पर्छ। पेट पोल्ने र ग्यास भरिनेजस्ता समस्याले दिनभरी सताउन सक्छ। बिहान खाली पेटमा कफि पिउने धेरै व्यक्तिको नियमित बानी हुनसक्छ। एकपटक कफि पिउने बानी लाग्यो भने छोड्न निकै गाह्रो पर्छ। एसिडिटी, ग्यास्ट्रिक, छातीमा जलन हुने र पाचनशक्ति कमजोर हुने जस्ता समस्याले बिकराल रुप लिन समय लाग्दैन्। कफिले हाइड्रोएसिड मात्रा बढाएर ग्यास्ट्रिक बढाउने काम गर्छ।

    बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउने बानी सकेसम्म छिटो हटाउँदा स्वस्थ रहन सकिन्छ। कफिको सट्टा मन तातो पानी र व्यायाममा ध्यान दिन सकिन्छ। २० परौठा खाली पेटमा परौठा वा तेलमा तारेको खानेकुरा खानुभन्दा स्वास्थ्यलाई नराम्रो अरु केही नहोला। एसिडिटी र चिल्लो पदार्थको मात्रा शरीरमा धेरै हुनाले मोटोपना पछि अल्छिपना जस्ता समस्याले सताउन सक्छ। ३० केरा नेपालीहरुमा एक नराम्रो बानीको विकास भएको छ। खाली पेटमा फलफूल खाँदा स्वस्थ र राम्रो देख्न सकिन्छ भन्ने बुझाई छ। बिहान खाली पेटमा केरा खानाले मुटुमा असर पर्छ। केरामा म्याग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ। र ब्याक्टेरिया सक्रिय भइ स्वत असर मुटुमा पर्छ। खाली पेटमा तीनवटा केरा खाएमा दिनभरी मुटु दुख्ने समस्याले सताउन सक्छ।

    हामी सोच्छौं चिसोको कारणले मुटु दुख्यो तर मुटु दुख्नु केराको कारण ब्याक्टेरिया बढेको हो। ४० टमाटर टमाटर हेर्दा स्वादिष्ट र मन नपराउने व्यक्ति पनि कमै होलान् तर टमाटरले अल्सर गराउन सक्छ। टमाटरमा टनिक एसिडको मात्रा धेरै हुन्छ। काँचो सब्जी खाली पेटले पचाउन सक्दैन्। टमाटर र काक्रोलाई पोषक तत्व मानेर काँचो खाने चलन सामान्य हो तर यसले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना धेरै हुन्छ। बिहान उठ्ने बित्तिकै मन तातो पानी पिउँदा दिनभरी पेटलाई आराम मिल्दछ। मन तातो नभए राती छोपेर राखेको पानी बिहान पिउन सकिन्छ। त्यसपछि अन्य खानेकुराहरु खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ।